-एकल महिला लाइ असक्षम नठान सरकारी घोषणा तत्काल फिर्ता गर
दाङका एकल महिलाहरूले एकल महिलासँग विवाह गर्ने पुरुषलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराईने भनि गरिएको सरकारी घोषणा तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।मानवअधिकारका लागि महिला एकल महिला समिति दाङले शुक्रबार घोराहीमा गरेको कोणसभामा बोल्र्दै उनीहरूले नेपाल सरकारले विधवा महिलामाथि देखाएको व्यवहारले आफूहरू अपमानित भएको बताउनुभएको छ । सरकारले एकल महिलालाई सामाजिक सुरक्षा दिनुको साटो समाजमा विकृती ल्याउने प्रकारको नीति ल्याएको भन्दै उनीहरूले विधवा महिलाका समस्याप्रति सरकार जिम्मेवार बन्नुको साटो पन्छिन खोजेको आरोपसमेत लगाउनुभएको छ ।समितिका अध्यक्ष यमकुमारी ढकालले सरकारी घोषणा तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।समितिले एकल महिलासँग विवाह गर्ने पुरुषलाई रू.५० हजार प्रदान गर्ने भनि गरिएको घोषणा तत्काल फिर्ता लिनुपर्ने, एकल महिलाका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, श्रीमानको मृत्युभएको अवस्थामा श्रीमतीलाई रोजगारी प्रदान गर्नुपर्ने, यातायातका साधनमा छुट सहितको सुविधा दिई सामाजिक सुरक्षा प्रदान गर्नुपर्नेलगायतका मागहरूको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा