\"3737678615_4621746cb2\"प्रधान सेनापति रुक्माङ्गद कटवालले देशभरका सबै सैनिक कार्यालयमा आफ्नो ‘महावाणी’ आफ्नो नामसहित पोत्‍न लगाउने निर्देशन जारी गरेछन्। पहिले राजामहाराजाको त्यस्तै ‘महावाणी’ सेनाका कार्यालयहरुमा पोतिएको हुन्थ्यो। अहिले पनि केही कार्यालयमा ‘नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पति हो’ भन्ने वाक्य पोतिएकै छ। प्रधानसेनापतिलाई यही महिना आफूले अवकास पाउनु अघि आफ्नो नाम पनि पोत्‍न मन गरेछन्। सेनाको काम लेख्‍ने र पोत्‍ने मात्रै हो कि के हो ? के व्यर्थको विवाद बेकारमा ! उता जाजरकोट र आसपासका जिल्लाहरुमा झाडापखालाले मान्छे मर्‍यामर्‍यै छन्। नारा पोत्‍न र मेट्न छाडेर अनि त्यही कुरामा के के न भए जस्तो व्यर्थको विवाद गर्न छाडेर मान्छे मर्नबाट रोक्न जाऊ न, कि कसो ?