-ख्यातिका हत्याराले आत्महत्या गर्न खोजे

\"\"क्रुर अपराधीको मनमा क्रुरता नै लुकेको हुन्छ। अरुप्रति क्रुर व्यवहार गर्ने व्यक्तिको त्यो स्वभाव बुमर्‍याङ भएर आफैतिर पनि फर्कन सक्छ। यस्तै भयो वीरेन प्रधानको जीवनमा पनि। वीरेन प्रधानलाई कसले बिर्सन सक्छ र। उनी नेपालको अपराध इतिहास मै सबैभन्दा क्रुर अपराधी थिए जसले कसैले कल्पना पनि गर्न नसकेको अपराध गरेका थिए। ख्याति श्रेष्ठलाई अपहरण गरेर हत्या मात्र गरेनन् उनले। शरीरलाई टुक्राटुक्रा पारी काटेर फ्रिजमा राखी अलग अलग टुक्रा अलग अलग ठाउँमा फ्याँकेका थिए उनले।तिनै वीरेनले केही साताअघि आत्महत्याको प्रयास गरे। हत्याको घटना सार्वजनिक भएपछि मृत्युदण्डको प्रावधानबारे बहस भएको थियो। तर अरुलाई हत्या गर्न सफल वीरेनले आफैलाई हत्या गर्न गरेको प्रयास भने प्रहरीले सफल हुन दिएन।घटना अलि पुरानै हो। तर गत साता साइटमा आएको समस्याका कारण समय मै यसलाई राख्‍न सकिएन। त्यसो त यो खबर ‘राजधानी’ बाहेक अरुमा आएको पनि देखिएन।ख्याति हत्याको अभियोगमा मुद्दा चलाइएका वीरेन अहिले अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा छन्। मुद्दाको अन्तिम फैसला भइसकेको छैन। उनलाई सुन्धारानजिकैको केन्द्रीय कारागारको जगन्नाथ देवलमा थुनामा राखिएको थियो। त्यहीँ उनले चक्कुले नाडीको नसा काटेर आत्महत्या गर्न खोजेका रहेछन्।तर प्रहरीले उनलाई समय मै भेट्टायो। अनि तुरुन्तै नजिकैको वीर अस्पतालमा पुर्‍यायो। उपचारका क्रममा उनलाई दुई पिन्ट रगत दिनुपरेको थियो समाचारमा जनाइएको छ।त्यस्तो डरलाग्दो हत्या गरेर पनि वीरेनलाई पटक्कै पछुतो लागेको जस्तो देखिँदैन रे, कारागरका कर्मचारीलाई स्रोत उल्लेख गर्दै दिइएको समाचारमा भनिएको छ। उनी हत्याका सहअभियुक्त मेरिनाप्रति भने निकै चिन्तित हुने गरेका रहेछन्। मेरिनाले यस वर्षको एसएलसी विशिष्ट श्रेणीमा पास गरेका थिए/