अक्सफोर्ड विश्वविधालयको अनुसन्धान टोलि कोभिड-१९ को भ्याक्सिन उत्पादन नजिक
[pl_row]
[pl_col col=12]
[pl_text]
कोरोना भाइरस (कोभिड—१९) रोक्न ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले भ्याक्सिन विकासमा महत्वपूर्ण सफलता पाएको बीबीसीले जनाएको छ।
अमेरिका तथा ब्रिटेनका अनुसन्धानकर्ताले भनेका छन्, ‘अक्सफोर्डमा भइरहेको कोरोना भ्याक्सिन विकासको अनुसन्धान प्रारम्भिक निष्कर्षमा पुगेको छ। शोधकर्ताले ६ बाँदरको समूहमा भ्याक्सिनको परीक्षण गरेका थिए। त्यो सफल भएको छ।’
‘अब यो भ्याक्सिनको परीक्षण यतिबेला मानिसमा भइरहेको छ’, शोधकर्तालाई उदृत गर्दै बीबीसीले भनेको छ। विकसित भइरहेको सो भ्याक्सिन अब अन्य वैज्ञानिकबाट ‘रिभ्यु’ गराउने चरणमा छ।
अनुसन्धान आधारित बायोफार्मासेटिकल कम्पनी अस्ट्रा जेनेकाले गत महिना अक्सफोर्ड भ्याक्सिन समूह तथा जेनर इन्स्टिच्युट शोधकर्तासँग मिलेर कोरोना भाइरस भ्याक्सिन विकासको काम गरिरहेको जनाएको थियो।
श्रोत: बिबिसी न्युज।
[/pl_text]
[/pl_col]
[/pl_row]