कोरोनाविरुद्धको औषधीमा नेपाल एक कदम अगाडी: परीक्षणमा डब्ल्युएचओले सघाउने आश्वासन

 

\"\"

काठमाडौं । कोरोनाविरुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका सम्बन्धमा विश्वभरिबाट विभिन्न देशका विज्ञले चासो देखाएका छन् । मकवानपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण भएको औषधिका विषयमा बिभिन्न देशका विज्ञले चासो दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन (WHO) को पहलमा बिहीबार जेनेभास्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले भिडियो कन्फरेन्समार्फत विभिन्न बिभिन्न देशका विज्ञसँग नेपालमा बनेको भनिएको औषधिका विषयमा छलफल गरेकोे संस्थानका प्रा. डा. ललितकुमार दासले जानकारी दिए ।

संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा जानकारी गराइएको र दाससहितको समूहलाई छलफलका लागि बोलाइएको थियो । विज्ञहरुले औषधि बनाउने विधि, त्यसको परीक्षणलगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

कन्फरेन्समा प्रा. डा. दासले एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सनका विषयमा जानकारी दिए । उनले औषधि बनाउन प्रयोग हुने वनस्पति तथा जडिबुटीका विषयमा आफूले गरेको अध्ययन बारे विज्ञहरुलाई जानकारी गराए ।

नेपालमा औषधिको परीक्षण भएपछि मात्र डब्ल्युएचओले प्रभावकारिता मूल्याङ्कनका लागि नेपाललाई परियोजना स्वीकृत गरेर ५ लाख डलरको ट्रायल फण्ड दिनसक्ने संकेत गरेको दासले जानकारी दिए ।

नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरेर आफूले निर्माण गरेको परीक्षणको तयारी भएको पनि दासले जानकारी गराएका छन् ।