आगामी अगस्ट १ देखि सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू सुचारु गर्ने सरकारको तयारि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत शुक्रवार जनाए अनुसारले आन्तरिक तथा अन्त्रराष्ट्रिय उडानहरु आगामी अगस्ट १ देखि सुचारु हुने  भएका छन्। THT Online, MoCTCA का सचिव केदार बहादुर अधिकारीले बताए अनुसार मन्त्रालयले यस अघि नै सम्बन्धित उड्डयन प्राधिकरण र बिभागहरुलाई आगामी अगस्ट १ देखि सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु सुचारु गर्न तयारि गर्न निर्देशन …

1 मिनेट

पढ्ने समय

\"\"

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत शुक्रवार जनाए अनुसारले आन्तरिक तथा अन्त्रराष्ट्रिय उडानहरु आगामी अगस्ट १ देखि सुचारु हुने  भएका छन्।

THT Online, MoCTCA का सचिव केदार बहादुर अधिकारीले बताए अनुसार मन्त्रालयले यस अघि नै सम्बन्धित उड्डयन प्राधिकरण र बिभागहरुलाई आगामी अगस्ट १ देखि सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु सुचारु गर्न तयारि गर्न निर्देशन  दिइसकेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको महामारी फैलनबाट रोक्नको लागि सरकारले गत मार्च २४ मा देशव्यापी लकडाउन लागु गरे संगै सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु  स्थगित गरिएका थिए।

सचिव अधिकारीले अगाडी थप्नुभयो, \”मन्त्रालयले सम्पूर्ण स्टेकहोल्डरहरुलाई विश्वासमा लिएर आगामी अगस्ट १ देखि सम्पूर्ण उडानहरु सुचारु गर्ने तयारि गरिरहेको छ \” । उनका अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि नै सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहारू सुचारु गर्नको लागि अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण नेपाल र विश्व स्वास्थ्य संगठनका नर्मसहरुको पालना हुने गरि आवास्यक गाइडलाइनहरु तयार पारिसकेको छ।

स्वास्थ्य र सामाजिक दुरीको मापदण्डलाई पालना गर्दै उडानहरु शुर हुनेछन भन्दै अधिकारीले अगाडी थप्नुभयो, तर कोभिड-१९ को अवस्था र विकाश क्रमले उडानहरु कसरि गर्ने भन्ने कुरामा प्रभाव पार्नेछ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अघि नै उडानहरु सूचार गर्ने बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत जानकारी गराइसकेको छ।

गत जुन १४ मा बसेको मन्त्री परिषदको निर्णय अनुसार स्थगित सम्पूर्ण आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरुलाई आगामी जुलाई ५ सम्ममको लागि यथावत रहन दिने निर्णय गरेको थियो।

हालसम्म नेपालका ७४ जिल्लामा झन्डै ८ हजार कोरना संक्रमितहरु पाइएका छन् भने २२ जनाको सोहि संक्रमणको कारण मृत्यु भैसकेको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच