युएइले जुलाई ७ बाट विदेशी नागरिकलाई प्रवेश खुला गर्ने

\"\"

आगामी जुलाई ७ तारिकदेखी देखि युएइले विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ । स्थानिय खालिज टाइम्सले सोमबार जनाए अनुसार यसरी युएइ जाने हरेक विदेशी पर्यटकले कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट पेश गर्नुपर्नेछ भने त्याहाँ  पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरस परीक्षणको व्यवस्था गरिनेछ । युएइले सोमबार जुन २२ तारिकबट  नै  विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने नियम बनाएको पनि सो पत्रिकाले लेखेको छ । त्यस्तै, आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम बनाइएको छ ।