लगानी गर्न चाहानेहरुको लागि सुनौलो अवसर – अजोड इन्सुरेन्स र साधना लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

\"\" 

अजोड इन्सुरेन्स कम्पनि लिमिटेडलाई धितो पत्र बोर्डले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति दिएको छ ।अब कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न सक्नेछ । यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने अपेक्षा राखिएको छ । यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

त्यसै गरि साधना लघुवित्तले पनि धितो पत्र बोर्डबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

 

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।