बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका हत्यारालाई कार्बाही गर्न माग – देउबा, नेपाल र दाहालको एकै बोलि

बैतडी चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न चौतर्फी माग बढिरहेकै बेला प्रतिपक्षी शिर्षस्थ नेताहरुले पनि विभिन्न माध्यमद्वारा उक्त घटनाका दोषीलाई अविलम्ब कारवाही गर्न माग गरेका छन्।

प्रतिपक्षी नेकपाका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ उनीहरुले भनेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको प्रचण्ड-माधव समूहले बताएको छ ।

अध्यक्षद्धयले भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दैछौं ।’

त्यस्तै गरि नेपालि कांग्रेशका सभापति शेर बहादुर देउबाले, शानिबार नै बिभिन्न सामाजिक संजाल र मिडियाहरु मार्फत उक्त घटनाप्रति दुख व्यक्त गर्दै अबिलम्ब घटनाको छानबिन गरि दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

मृतक भट्ट गत बुधवारदेखि सम्पर्कबिहीन भएकोमा त्यसको भोलिपल्ट अर्थात गत बिहिबार घर नजिकैको जंगलमा मृत फेला परेकी थिइन्। प्रहरी प्रधान कार्यालयले घटनाको छानबिन गर्न सिआइबि को बिशेष टोलि घटनास्थल तर्फ पठाइसकेको छ। त्यस्तै गरि सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले पनि घटनाको छानबिन गर्न एसएसपी जनकराज पाण्डेको नेतृत्वमा छुट्टै टोलि बनाएर अनुसन्धानलाई अगाडी बढाएको छ।

\"\"