फेरि बढ्यो ग्यॅास र पेट्रोलियमको मुल्य

नेपाल आयल निगमले खाना पकाउने ग्यॅास, डिजेल, पेट्रोल र मटीतेलको भाउ बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

बढेको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर रु. ११२/- डिजेल तथा मटीतेलको मुल्य प्रतिलिटर रु. ९५/- र खाना पकाउने ग्यॅासको मुल्य प्रतिसिलिन्डर रु. १४००/- कायम भएको निगमले जनाएको छ ।