नेकपा नेता खनाल उपचारको लागि दिल्लि प्रश्थान

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् ।
शुक्रबार बिहान नेपाल वायु सेवा निगमको काठमान्डौ दिल्लि उडान मार्फत खनाल दिल्ली गएको नेकपा श्रोतले बताएको छ।
श्रोतका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।