मलाई रामकुमारी जन्माउनु छ (कविता)

– तुलसि बस्नेत मलाई छोरी जन्माउन मन छ अनि उसको नाम रामकुमारी राख्नु छ मर्जी सरकार कतै भ्रुणसँग त डराउदैनौं होला नि उसको तोते बोली थुन्दैनौं होला नि ? उसको बोलीमा लाखौं ताली बज्दा तिम्रो मुटुको धडकन नबढोस् न्यायको पक्षमा उसले बोल्दा बिचार उसले ओकलि रहँदा तिमीले बिचरो बनेर पक्राऊ पुर्जी जारी नगर्नु मलाई छोरी…

1 मिनेट

पढ्ने समय

– तुलसि बस्नेत

\"\"

मलाई छोरी जन्माउन मन छ
अनि उसको नाम
रामकुमारी राख्नु छ
मर्जी सरकार
कतै भ्रुणसँग त डराउदैनौं होला नि
उसको तोते बोली
थुन्दैनौं होला नि ?
उसको बोलीमा लाखौं ताली बज्दा
तिम्रो मुटुको धडकन नबढोस्
न्यायको पक्षमा उसले बोल्दा
बिचार उसले ओकलि रहँदा
तिमीले बिचरो बनेर
पक्राऊ पुर्जी जारी नगर्नु
मलाई छोरी जन्माउन मन छ
अनि उसको नाम
रामकुमारी राख्नु छ
रामको नाम जपेर
राम कुमारीको
बोली थुन्दैनौ भने
श्रम र श्रमिकको
बोली बोल्दै गर्दा
आफ्नो रगतले लेखेको
संबिधानको कुरा गर्दै गर्दा
वाक स्वतन्त्रताको
कुरा गर्दै गर्दा
बिधि र थिति
बसालौं भन्दै गर्दा
सरकार उसको लागी
पक्राऊ पुर्जी जारी गर्दैनौं भने
मलाई एउटी छोरी जन्माउने मन छ
जसको नाम
रामकुमारी राख्नु छ !!

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच