नेकपा म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पुर्ब अध्यक्षहरुद्वारा लोकतन्त्र र संबिधान रक्षाको लागि अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पूर्व अध्यक्षहरुले आज एक बक्तब्य जारि गर्दै सम्पूर्ण न्यायप्रेमी, लोकतन्त्रवादी र प्रगतिशील म्याग्देलीहरुलाई प्रतिगमनको बिरुद्ध र संबिधान तथा लोकतन्त्रको पक्षमा एकताबद्ध हुन अपिल गर्नुभएको छ। लामो समय म्याग्दीको वामपन्थी र बिशेष गरि तत्कालिन नेकपा एमालको राजनीतिमा आफ्नो जीवनका उर्जाशील समय बिताएका र बुद्धिजीवी तथा परिपक्क नागरिकको…

1 मिनेट

पढ्ने समय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पूर्व अध्यक्षहरुले आज एक बक्तब्य जारि गर्दै सम्पूर्ण न्यायप्रेमी, लोकतन्त्रवादी र प्रगतिशील म्याग्देलीहरुलाई प्रतिगमनको बिरुद्ध र संबिधान तथा लोकतन्त्रको पक्षमा एकताबद्ध हुन अपिल गर्नुभएको छ। लामो समय म्याग्दीको वामपन्थी र बिशेष गरि तत्कालिन नेकपा एमालको राजनीतिमा आफ्नो जीवनका उर्जाशील समय बिताएका र बुद्धिजीवी तथा परिपक्क नागरिकको छवि बनाएका तत्कालिन नेकपा एमालेको म्याग्दी काठमाण्डौ सम्पर्क मंचका पूर्व अध्यक्षहरु प्राध्यापक डाक्टर एच बि बरुवाल, शोभियत खड्का, याम बहादुर श्रेष्ठ, याम बहादुर गर्बुजा र पदमलाम सापकोटा लगायतले संयुक्त बिज्ञप्ति मार्फत सो अपिल गर्नुभएको हो।

गत पौष ५ गते प्रधानमनत्री तथा नेकपा ओली समुहका अध्यक्ष खडग प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन भएको बिज्ञप्ति जारि गरेपछि नेकपा र पुरै देश स्पष्ट रुपमा यसको पक्ष र बिपक्षमा विभाजित हुन पुगेको थियो। नेकपाको ओली पक्ष बाहेक सम्पूर्ण राजनैतिक दल, बुद्धिजीवी, कानुन ब्यबसायी र सर्बसाधारणहरुले कुनै न कुनै रुपमा प्रतिनिधि सभा बिघटनको कदमकोबिरोध गर्दै आइरहेका छन्। प्रतिनिधि सभा बिघटनको घोषणा संविधानको भावना र मर्म बिपरित रहेको भन्दै कानुनबिदहरु र राजनीतिकर्मीहरुले सर्बोच्चमा दायर गरेको मुद्धामा हाल सर्बोच्च अदालतमा बहस पैरवी चलिरहेको छ।

स्मरण रहोस केहि समय अघि मात्र चार पूर्व प्रधान न्यायधिस र त्यसको लगत्तै नेपाल बारका पूर्व अध्यक्षहरुले समेत प्रतिसभा बिघटन र प्रम ओलीका गतिबिधि तथा अभिव्यक्तिहरु संबिधान बिपरित र आपत्तिजनक रहेको भन्दै छुट्टाछुटै बिज्ञप्ति जारि गर्दै समन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो।

बक्तब्यको पूर्णपाठ यस प्रकार रहेको छ :

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच