तँलाई एक घण्टाभित्र अपहरण गर्न सक्छु, म केपि ओलिको छोरा हॅु: गुरुभट्टराई

काठमाडौं। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले एक घण्टा भित्र अपहरण गर्ने भनिदिएको अडियो बाहिरिएको छ। आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावीगर्ने भट्टराईले महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानलाई अपहरण गर्ने धम्की दिएकोअडियोमा सुन्न सकिन्छ। ओली निकट मानिने उनी ओलीकै कृपाबाट रेलवे कम्पनीको महाप्रवन्धक पद पाएका भट्टराईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी…

3 मिनेट

पढ्ने समय

काठमाडौं। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले एक घण्टा भित्र अपहरण गर्ने भनिदिएको अडियो बाहिरिएको छ। आफुलाई केपी ओलीको छोरा साइवरसेनाको प्रधानसेनापति दावीगर्ने भट्टराईले महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानलाई अपहरण गर्ने धम्की दिएकोअडियोमा सुन्न सकिन्छ।

ओली निकट मानिने उनी ओलीकै कृपाबाट रेलवे कम्पनीको महाप्रवन्धक पद पाएका भट्टराईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु।

माघ ३० गते सोनाम ल्होसारका दिन भएको दुई पक्षबीचको विवादमा महाप्रवन्धक भट्टराई नसामा लठ्ठपरेर बोलेको सुन्न सकिन्छ।

यस्तो भट्टराई पासवानको सम्पादित कुराकानी

गुरुमेरो घर बर्दिवास हो, रेलवे कम्पनीकाे महाप्रबन्धक हुँ , चै को होस तेरो परिचय के हो ?

पासवान मलाई धम्की दिने को होस ?

गुरु मु…….लाई एक घण्टाभित्रै अपरहण गर्न सक्छु , गर्न सकिन भने बाउको छोरो होइन। …… गाली गलौज…… प्रचण्डकोगफ गर्छस् ?

पासवानमलाई प्रचण्डको थाहा छैन

गुरु–……. गाली गलौज…. के केपी ओलीको छोरो हु, तँ कस्को छोरो होस ?

पासवान राष्ट्रसेवक राष्ट्रभक्त हुँ……..मा……

गुरुके केपी ओलीको छोरो हु, कस्को छोरो होस भन न्।

पासवान साइवर सेना, महेश बस्नेतको धाक दिने ?

साँझ पुन: पासवान नाम गरेका व्यक्तिले भट्टराईलाई फोन गर्छन। तर फोन भने भट्टराईको बहिनीबताउने एक महिलाले उठाउँछिन। पासवानले पटकपटक भट्टराईलाई फोन दिन आग्रह गर्छन तर तीमहिलाले भट्टराई सुतिसकेको राती डिष्टर्व नगर्न भन्छिन्। उनी खास के भएको बुझ्न खोज्छिन् तरपासवान भने भट्टराईसँग नै कुरा सोध्न भन्छन्। यस्तो उनीहरुबीचको कुराकानी(सम्पादित अंश)

महिलाराती फोन गर्नुभको , के भयो भन्नुस्।

पासवानत्यो जडिया कहाँ , मलाई बिहानै देखि गाली गर्ने ?

महिलातपाईको परिचय के हो ?

पासवानतपाई जडियाको को हो, उसैलाई नै सोधन, तिमि उसको श्रीमति हो ?

महिला उहाँको बहिनी हो, मैले तपाईलाई रेस्पेक्ट गरेर बोलिराको छु , तपाई कस्तो भाषा बोल्दैहुनुहन्छ ?

पासवान जनतामाविबाट एसएएल सी पास गरेको , बिजलपुर हो घर मलाई धक्की दिने, गालीगलौज गर्ने ?

महिलाजनता माविबाट हजारौ‌ले एसएलसी पास गर्छन, त्यतीमात्र हो तपाईको परिचय ?

पासवानजनतामावि डाडाटोलको मान्छेलाई धम्की दिने, तिमी उसलाई फोन देउ।

महिलाउहाँ अर्को कोठामा गइसक्नुभयो, अव दुई चार दिन यो फोन मसंगै नै हुन्छ। (महिलाले अर्कोकोठामा गएको भनेपनि पुरुषको स्वर पछाडी सानो स्वरमा सुनिन्छ।)

पासवान तपाइसंग मेरो सान्दर्भिकता मिलेन।

महिलाखासमा के कुरा हो, किन रिसाउनुभयो, मिल्ने कुरा भने मिलेर जाऔं।

पासवानत्यसले मलाई बिहानैदेखि गाली गलौज गर्ने, कसरी त्यो…… रेलवेको महानिर्देशक भयो ?

महिलातपाईको परिचय चै के हो ?

पासवानत्यो पहाडको भट्टराई भनेर धम्की दिने, पनि तराईको पासवान हुँ, अनिल कुमार पासवानहो मेरो नाम।

महिला–(हिन्दीमा) आपका समस्या क्या हे ? (उनलाई पछाडीबाट हिन्दीमा बोल्न भनिन्छ)

पासवानत्यो जडियाले मलाई बिहानै देखि गाली गर्ने, सोनाम ल्होछारमा बिहानैदेखि जाड खाएरमलाई गाली गर्ने ?

महिलातपाईको समस्या भन्नु भएन फोन राख्छु ?

पासवानमलाई हिन्दी बोल्न आउदैन, गल्ती गरेको भए कारवाही भोग्न तयार छु।

फोन काटिन्छ…. यो कुराकानी करिव ११ मिनेट ५७ सेकेण्डको रहेको छ।

यसरी नै उनीहरुबीचको कुरा अघि बढ्छसुन्नुहोस अडियो

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच