देवकोटा पंचरि एण्ड अटो सर्भिसले शुरु गर्यो दोहामा आफ्नो सेवा

दोहा कतार नेपालीहरुको लागि आकर्षक र सुरक्षित रोजगारीको गन्तब्य मात्र नभएर जाँगर र जुक्ति भएकाहरुको लागि मनग्य र सुरक्षित नाफा कमाउन सकिने तथा ब्यबसायिक रुपमा छिटो र सजिलै सफलता प्राप्त गर्न सकिने मुलुक पनि हो भन्ने कुरा थुप्रै नेपालीहरुको ब्यबसायिक सफलताबाट प्रष्ट देख्न सकिन्छ। यिनै थुप्रै नेपालि ब्यबसायीहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यवसायीको नाम हो राजेन्द्र देवकोटा। बागमती प्रदेश चितवन जिल्ला रत्ननगर नगरपालिका स्थायी घर भै सन २००७ देखी दोहा कतारलाइ आफ्नो कर्मभुमि बनाउदै आएका राजेन्द्र देवकोटाको सबैले चिन्ने र माया गरेर बोलाउने नाम राज हो।  सन २००७ मा दोहास्थित एक कम्पनीमा बरिष्ट लेखापालको रुपमा आफ्नो क्यारियर शुरु गरेका देवकोटाले २०१३ देखि आफ्नै ब्यबसाय चलाउदै आएका छन।

अन्जिला कनट्र्याक्टिङ्ग एण्ड क्लिनिङ्ग सर्भिस नामको कम्पनीको माध्यामबाट झन्डै २०० नेपालीहरुलाई रोजगारी दिनुका साथै उत्कृष्ट र शुलभ सेवा प्रदान गर्दै आएका देवकोटाले हालै आफ्नो सेवा र व्यवसायलाई बिस्तार गर्दै देवकोटा पंचरि एण्ड अटो सर्भिसको नामबाट अटो मोबाइल क्षेत्रमा पनि आफ्नो सेवा बिस्तार गरेका छन।  दोहाको उम्गलिना क्षेत्रमा रहेको उनको सर्भिस सेन्टरले सबै खालका गाडीहरुको टायर चेन्ज, अइल चेन्ज, सर्भिसिंग, व्हिल एलाइन्मेण्ट एज्ड्जस्टमेन्ट, इलेक्ट्रिकल एण्ड मेकानिकल लगायतका सेवाहरु सुलभ र भरपर्दो तरिकाले प्रदान गर्ने बताइएको छ। झन्डै १० लाख कतारी रियाल बराबरको लगानीबाट शुरु गरिएको यस सर्भिस सेन्टरमा अत्याधुनिक औजार र उत्क्रिष्ट तथा अनुभवी कामदारहरुद्वारा सेवा शुरु गरिको छ।

लामो समय समयदेखि दोहाको नेपालि समुदायमा भिजेका र सामाजिक व्यक्तित्वको पहिचान समेत बनाएका देवकोटाले सबै नेपालि दाजुभाइहरुले आफुलाई सेवा गर्ने  मौका दिएमा आफुले पनि नेपालि दाजुभाइहरुलाई अन्य ठाउहरुमा दिइने जस्तै वा अझ उत्कृष्ट सेवा तुलनात्मक रुपले सुलभ र भरपर्दो तरिकाले दिन सकिने कुरामा आफु बिश्वस्त रहेको कुरा घोरेपानिअनलाइनलाइ बताए।

देवकोटा पंचरि एण्ड अटो सर्भिसमा सेवा लिन जान चाहानेहरुको लागि सजिलोको लागि टोयोटा सिग्नलबाट कर्निसतर्फ जाँदै गर्दा दोश्रो सिग्नल (ब्रिज मुनि) बाट  यु टर्न गरेर सर्भिस रोडतिर पस्ने अनि दोश्रो दाँया मोडबाट भित्र पसेर १५० मिटर जति अगाडी गएपछि  सर्भिस सेन्टरमा पुग्न सकिन्छ।

\"\"

सम्पर्कको लागि : राज देवकोटा , +९७४ ३३७१९१५२ 

\"\" \"\"