हाम्रो पक्षमा समाचार नलेख्ने पत्रकारहरु अपराधी र दलाल हुन : ईश्वर पोख्रेल

 सरकारका बहालवाला उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायिक पत्रकारिता र पत्रकारलाई दलाल र अपराधको आक्षेपलगाएका छन्। व्यवसायिक सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने, ‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरू।’ दलालहरूले अपराधपूर्ण रिपोर्टिङ गरेको समेत उनले दाबी गरे। यसका विरुद्ध उठ्न उनले नेकपा ओली निकट पत्रकारलाई आह्वानसमेतगरे। ‘कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभा’छ कि, छैन ? गलत कुराहरु…

5 मिनेट

पढ्ने समय

 सरकारका बहालवाला उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायिक पत्रकारिता पत्रकारलाई दलाल अपराधको आक्षेपलगाएका छन्। व्यवसायिक सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने, ‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरू।दलालहरूले अपराधपूर्ण रिपोर्टिङ गरेको समेत उनले दाबी गरे। यसका विरुद्ध उठ्न उनले नेकपा ओली निकट पत्रकारलाई आह्वानसमेतगरे।

कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभा कि, छैन ? गलत कुराहरु हाकाहाकी, के नाम लिनु बुझिहाल्नुहुन्छ। ती कर्पोरेटमिडियाका दलालहरू। ती दलालहरूको दैनिक सम्प्रेशण गरेका समाचार तपाईँ हेर्नुस् त। गलत कुराहरु फतुर लगाएर उल्टा कुराहरुजनतालाई विशाक्त बनाउने हिसाबले सम्प्रेशण गरेका छन्। ती कर्पोरेट मिडियाका त्यस्ता अपराधपूर्ण कुराहरुको विरोधमा उठ्नैपर्छ’, पोखरेलले भने।

नेकपा ओली निकट प्रेस संगठन नेपालको पोखरामा भएको गण्डकी प्रदेश स्तरीय भेलामा बोल्दै उनले संगठनमा आवद्ध पत्रकारलेव्यवसायिक पत्रकारिताको प्रतिवाद गर्न आह्वान गरे।प्रेस संगठन नेपालले संगठित ढंगले त्यसको प्रतिवाद गर्नुपर्छ, नत्र भने जनतालाईगलत सूचना दिएर, जनतालाई भ्रममा पारेर सही कुरालाई कमजोर बनाउने जुन अपराधपूर्ण क्रियाकलाप हुँदैछ’, उनले भने, ‘यसकाविरुद्धमा खबरदारी गर्न जरूरी छ।

सरकारका बहालवाला उपप्रधानमन्त्री रहेका पोखरेलले व्यवसायिक पत्रकारितालाई दलाली अपराधको गम्भीर आरोप लगाएका हुन्।उनले कसरी दलाली भयो कसरी अपराधपूर्ण समाचार भयो भन्नेबारे खुलाएनन्। उनले आफू निकट पत्रकारलाई सरकार ओलीनेतृत्वको नेकपाका सकारात्मक समाचार जनतामा पुर्‍याउन पटक पटक आग्रह गरे।

तपाईँहरू पुल हो, साँघु हो, देशमा भएका सकारात्मक कुरा जनतामा पुर्‍याउनुपर्छ, जनतालाई जस्ताका तस्तै कुरा बताइदिए जनताकोउपचार हुन्छ’, उनले भने। तर संगठनमा आवद्ध पत्रकारले त्यसो नरेको भन्दै उनले यस्तो गुनासो गरे।तपाईँहरू सबैलाई मेरो गुनासो के भने सञ्चार क्षेत्रका मान्छेले यो तीन वर्षमा केपी ओलीको नेतृत्वको सरकारले के के गर्‍यो भन्ने कुरा, ती गरेका कुराहरु जनतालाईप्रभावकारी ढंगले बुझ्ने गरी, पत्याउने गरी किन पस्कन सक्नुहुन्न ?’

उनले यो आलोचना नभई आफूले प्रश्न गरेको बताए।यत्रा चिजहरु निस्किएका छन् किन तपाईँहरू पस्कनुहुन्नरु जनताले बुझ्ने गरी।जनता वाल्ला परेर तल बस्या छ। हाम्रो सरकारले गरेका कामहरु जनताका बिचमा पुर्‍याउने पुलका रुपमा, साँघुका रुपमा तपाईँहरूहुनुहुन्छ तपाईहरु किन पुर्‍याउनुहुन्नरु यो पुगिराख्या छैन,’ उनले आक्रोश पोखे।

उनले जनतामा ओली सरकारले गरेको राम्रा काम पुर्‍याउन कमजोरी कहाँ भनेर प्रश्न गरे। पत्रकारले सकारात्मक कुरा नलेखेको भन्दैउनले प्रधानमन्त्री आफैंले भोलि सोमबार वर्षको उपलब्धि प्रत्यक्ष प्रशारण मार्फत जानकारी गराउने बताए।

प्रधानमन्त्रीज्यूले वर्षमा के के काम गर्‍यौं, हामीले ती सबै कामको फेहरिस्त अब हामीले के के काम गर्छौं भनेर भोलि ११ बजेसार्वजनिक ढंगले लाइभ प्रशारण हुँदैछ। तपाईँहरुले एकचोटी प्रशारण हुन्छ पुगिहाल्यो भनेर नसोच्नुहोला। त्यसका इस्युइस्यु, विषयविषय तपाईँहरूले जनताका बिचमा पुर्‍याउनुपर्छ,’ उनले भने।

उप(प्रधानमन्त्री पोखरेलले सरकारले गरेका राम्रा काम सम्प्रेषण नहुँदा जनताले मेलो नपाएको बताए। एकै दिन सय वटा सरकारीअस्पतालको शिलान्यास भएको भन्दै उनले यसलाई ऐतिहासिक काम भएको बताए।संसारमै यति धेरै शिलान्यास कुनै पनि देशमाभएको छैन होला’, उनले भने, ‘शिलान्यास मात्र होइन, वर्षमा सक्न ५६ अर्ब छुट्याएको , त्यसको कुनै चर्चा हुँदैन।

सरकारले गरेका राम्रा काम जनतालाई बताउन आग्रह गरे।यो बताइएन भने जनता अलमलमा पर्छन्, अलमलिएको जनताबाट साथपाइँदैन’, उनले भने, ‘जनतालाई स्पष्ट पारियो भने मात्र साथ पाउन सकिन्छ।उनले संचारकर्मीलाई पार्टी आन्दोलनको कार्यकर्ताकोहिसाबले अगाडि बढ्नसमेत आग्रह समेत गरे।

सम्बोधनको शुरूवातमा उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुटु इन वानको भूमिकामा रहेको बताए। पत्रकारिता गर्न पेशागत दक्षताअनिवार्य भएको बताएका उनले विचारको प्रतिवद्धता पनि उत्तिकै आवश्यक रहेको दाबी गरे। पार्टीमा जतिसुकै कस्सिएर लागे पनिपोशागत दक्षता भएन भने अघि बढ्न नसक्ने उनको भनाई छ। जिम्मेवारी पाउँदै गएपछि बरिष्ठ पत्रकार बन्ने विचार पन्यालो बन्दै गएरपछि नागरिक समाजमा परिणत हुने दुर्घटना आफूले देखेको उनले बताए।

मान्छे त्यहीँ हो, उसले पेशागत जिम्मेवारी पायो। बरिष्ठ पत्रकार पनि भयो। विचार पातलोपातलो हुँदै गयो। त्यस्ता मान्छे भेटिन्छन्।विचार छोड्दैछोड्दै जान्छन् पछि तिनीहरु नागरिक समाजमा परिणत हुन्छन्। तपाईको पँक्तिमा कि छैन विचार गर्नुहोला।पोखरेलले भने। उनले पत्रकारहरुले विचार बोक्नैपर्ने पेशागत दक्षता हुनैपर्ने बताए।

आफूले बोकेको राजनीति जस्तोसुकै अवस्थामा पनि नछाड्न उनले आग्रह गरे। उनले भने, ‘आफूले बोकेको राजनीति जो छ। परकोएउटा उज्यालो हेरेर हिडेका छौं, त्यो उज्यालोलाई कहिल्यै हेर्न नछोड्नू। देख्न नछोड्नू। कहिले जितिएला कहिले हारिएला। कहिले तालीपाइएला कहिले गाली पाइएला।

पोखरेलले तत्कालिन एमाले माओवादी एकता गर्न प्रधानमन्त्री केपी ओलीले त्याग गरेको दाबी गरे। देशमा राजनीतिक स्थायित्व दिन, राष्ट्रिय स्वाधिनता, स्वाभिमान अखण्डताका लागि ओलीले राजनीतिक एकता गरेको उनले दाबी गरे।

तर सोचेजस्तो नभएको भन्दै उनले प्रचण्ड, माधव नेपाललगायतका नेताले भने अर्कै तरिकाले सोचेको बताए। उनले माओवादीकोराजनीति संगठन सकिएकाले उनीहरु एकतामा आएको पोखरेले दाबी छ।माओवादीको राजनीति सकिएको थियो, यहाँ पूर्वमाओवादीका साथीहरु हुनुहुन्छ भने नराम्रो नमान्नुहोला,’ उनले भने, ‘उनीहरूको संगठन सकियो, हजारको केन्द्रिय कमिटी विघटनकोअवस्थामा थियो। हिंसात्मक संघर्ष गरेको बेलामा मानवता विरोधी अपराधका कारण कतिपय नेताको टाउको माथि तरवार झुण्डिएकोथियो, त्यहीँ भएर उहाँहरुलाई एकता चाहिएको थियो।

प्रचण्डलाई पार्टी एकता गुमेको सत्ता प्राप्त गर्न चाहिएको पोखरेलले दाबी गरे। एमालेको संगठन कब्जा गरेर हस्तिनापुर कब्जा गर्नेप्रचण्डको योजना रहेको उनले बताए।प्रचण्डरूपी मुँग्रो समातेर केपी ओलीलाई ठोक्ने योजना थियो उहाँको। अहिले केपी ओलीहाइहाइ भका छन्। राष्ट्रिय नेता भका छन् राजनेता भका छन्। त्यो सहिनसक्नु भएको थियो। माधवजीलाई सही नसक्नुभएको थियो’, पोखरेलले भने।

प्रधानमन्त्री ओली कति दिन होर भन्ने सोचेर उनीहरू एकतामा आएको समेत उनले दाबी गरे।केपी ओली कति दिन हो , किड्नीफेरेको। अब यी कति दिन चल्ला। त्यसपछि सेरोफेरो जम्मै मेरो भनेर सोचका थिए। जुन सपना पुरा हुन्छ भनेर सोचिएको थियो। त्योचिन्तन प्रवृत्तीले पार्टी एकतामा ओलीले राखेको उदेश्य पुरा हुन दिएन,’ उनले भने।

पोखरेलले नेकपा विभाजनमा अहिले देखिएको समस्याको भ्रण पहिल्यै बसेको बताए। चुनावमा एउटै चुनाव चिन्हमा लड्न प्रचण्डनमानेको, चुनावपछि कांग्रेस मधेसी दलसँग मिलेर प्रधानमन्त्री हुन खोजेको लगायतका गतिविधि प्रचण्डले त्यतिबेलै गरेको उनलेआरोप लगाए।

मन्त्रिपरिषद परिवर्तन गर्न पनि प्रचण्डका बुहारी बिना मगर परिवर्तन हुन नदिन प्रचण्डले खबरदारी गरेको पोखरेलले नाम नलिइ आरोपलगाए।

प्रधानमन्त्री दुई वर्ष मन्त्री भएकालाई हटाउँ भन्नुहुन्छ, प्रचण्ड जी मान्नुहुन्न, यसरी हटाउँदा प्रचण्डजीले चोहेका पात्र पनि हट्ने भए को होबुझ्नुस्। संवैधानिक आयोग बर्ष १० महिना खाली भयो, पख्नुस् सहमति गरौं भन्नुहुन्छ हैरान,’ उनले भने।

तीन महिनामा सकने भनिएको पार्टी एकताको काम नसक्ने महाधिवेसन हुन नदिने खेलमा प्रचण्डनेपाल पक्ष लागेको पोखरेलले आरोपलगाए।हाम्रो हालत कस्तो भयो सबैतिर पार्टी तर कहीं पनि पार्टी छैन’, उनले भने, ‘राष्ट्रपति पार्टी, प्रधानमन्त्री पार्टी हामीमन्त्रीहरु पार्टी, प्रदेश पार्टी, स्थानीय तहमा पार्टी। तर कहाँ पार्टी भन्दा कहीं पनि छैन।

प्रधानमन्त्री ओलीलाई बिचैमा धक्का दिएर हटाउनेअपराधिकयोजनामा प्रचण्डनेपाल रहेको भन्दै पोखरेलले उनीहरुमा सत्तालिप्साकोतिर्सना नमेटिएको बताए।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच