तनहुँ समाज कतारद्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान ।

नवराज बि क, दोहा । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु  जीवन भट्टराईको उपचारका लागी  ७५८००/-(पचहत्तर  हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबितारसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर  रसाइलीले समाज रसहयोगी प्रति  धन्यवाद व्यक्त गर्नुभएको थियो ।

\"\"

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारणउपचार बाट बन्चित हुन नपरोस् । न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ  एकापसमा मिलेरसमाजमा टेवा पुर्याउदै आइरहेको  अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो ।

समाजले भट्टराईको उपचार सगै  गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत  यसै साता सबै स्थानिय तहका ७०गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक(ब्लान्केट) सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए ।

सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय  गरेका थिए ।

\"\"