पोखरेबगर, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अन्नुर्ण गाउपालिका कमिटिद्वारा यहि फागुन ११ गते पोखरेबगरमा पार्टिका गाउपालिका स्तरिय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ।
गत पुष ५ गते प्रधानमन्त्रि केपि ओलिको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा बिघटनको घोषणा गरेसंगै उक्त कदमलाईजनबिरोधि र प्रतिगामि कदम भएको ठहर सहित आन्दोलनरत नेकपाको प्रचण्ड माधव समुहको उक्त भेलामा जनस्तरसम्म प्रतिगमनको बिरोध मात्र होईन उक्त कदम के कति कारणले प्रतिगामि र जनबिरोधि हो भन्ने प्रष्ट पार्नको लागि भेलाको आयोजना गरिएको सो पार्टिले जनाएको छ।
केहि समय अघि मात्र नेकपाकै अर्को ओलि समुहका केहि ब्यक्तिहरुले अन्नपुर्णमा नेकपा एक ढिक्का रहेको र ओलि समुहको नेकपा मात्र अस्तित्वमा रहेको भन्ने भ्रमपुर्ण अभिब्यक्ति र गलत सुचनाहरु सम्प्रेशित गरिएको प्रति पार्टिको गम्भिर ध्यानाकर्षण भएको र उक्त भ्रामक समाचारबाट पार्टिका कार्यकर्ता र शुभचिन्तकहरु भ्रमित नहोऔन भन्ने उद्देश्यले पनि कार्यकर्ता भेला आयोजना गर्नु परेको कुरा नेता बुद्धि पुनले बताउनुभयो।
छिट्टै नै अन्नपुर्ण गाउपालिकामा बृहद कार्यक्रममको आयोजना गर्ने तयारी स्वरुप आयोजना गरिएको यस अगुवा कार्यकर्ता भेलामा नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, कार्यालय सदस्यहरु बालकृष्ण सुवेदि, प्रदेश सभा सदस्य माननीय बिनोद केसि, नेकपा म्याग्दीका नेताहरु रेशम जुग्जालि, कृष्ण बि क लगायतका बक्ताहरुको उपस्थिती रहने र कार्यक्रम बिहान ११ बजेदेखि पोखरेबगर स्थित हाइवय रेष्टुरेन्टको प्राङ्गणमा शुरु हुने बताईएको छ।














