कार्ड्स अर्गनाइजेशन कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण पन्थी

बिदेशमा छरिएर रहेको स-साना लगानीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र त्यसबाट बिदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको “उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) को मिति १४ फाल्गुन २०७७ तदानुसार २६ फेब्रुअरी २०२१ शुक्रबारका दिन नेपाली राजदुताबास कतारका प्रथम सचिव श्री प्रविण भट्टराईको प्रमुख…

3 मिनेट

पढ्ने समय

बिदेशमा छरिएर रहेको स-साना लगानीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र त्यसबाट बिदेशमा पसिना चुहाउन विवश नेपाली साथै नेपालको पनि आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको “उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) को मिति १४ फाल्गुन २०७७ तदानुसार २६ फेब्रुअरी २०२१ शुक्रबारका दिन नेपाली राजदुताबास कतारका प्रथम सचिव श्री प्रविण भट्टराईको प्रमुख आतिथ्यता र कार्ड्स कर्पोरेसन नेपालका अध्यक्ष श्री मिक्की माउस लिम्बु तथा बिदेश बिभाग प्रमुख श्री मोहन कार्कीको बिशेष उपस्थितिमा दोश्रो अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व कार्डस् अर्गनाईजेशन कतार दोश्रो अधिवेशन तयारी समितिका संयोजक कृष्ण पन्थीले गर्नु भएको थियो । विद्युतीय प्रणाली जुम मार्फत सम्पन्न कार्यक्रमको संचालन डिल्लीराम भट्टराईले गर्नुभएको थियो र संस्थाको छोटो परिचय र यसका उद्धेस्यहरु सहित कार्डस कार्पोरेसन नेपालका लेखासमिति संयोजक बिमल घलेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो। जुम मार्फत जोडिनु भएका प्रमुखअतिथि नेपाली राजदुताबास कतारका प्रथम सचिव श्री प्रविण भट्टराई ज्युले शुभकामना मन्तब्य दिदै संस्थाको उद्धेश्य राम्रो रहेको र व्यवसायिक पाटोमा कानुन अनुसार यस संस्थालाई आवस्यक हुने जस्तोसुकै सहयोग गर्न दुताबास तयार रहेको बताउनु भयो। मन्तब्य कै क्रममा कतारमा विभिन्न जिल्ला सामाजिक संस्था को तर्फबाट अर्घाखाँची सेवा समाज कतार का अध्यक्ष टेक राज थापा ज्यु ,कतार मा सात वटै प्रदेश समन्वय समिति को तर्फबाट भर्खरै नया निर्वाचित गन्डकी प्रदेश समन्वय समितिका अध्यक्ष राकेश श्रेष्ठ, विभिन्न जातिय तथा मात्रिय संस्थाहरू निर्धारित समय पछि उपस्थित हुनुभएको थियो। उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरुले कमेन्ट बक्स मार्फत लिखित शुभकामना पठाउनुभएको थियो।  पत्रकार महासंघ शाखा कतारको तर्फबाट दिप जंग शाहले  शुभकामना मन्तब्य राख्नु भयको थियो। यसै गरि बैचारिक संस्थाहरू नेपाली समाज कतारका अध्यक्ष हिराधन राई, नेपाली जन सम्पर्क समितिका कार्यवाहक सभापति शंकर प्रसाद न्यौपाने, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष राम हरि गैरे, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष चानक पोखरेल लगायतले नेपाल कृषि प्रधान देश भएको र  संस्थाले नेपालमै कृषि क्षेत्रमा केहि गर्ने उद्देश्य राखी थालेको काम अनुकरणीय रहेको र अब संस्थाले यसको ब्यवस्थापनको  पाटोमा बिशेष ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभएको थियो। गैर  आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट होम नाथ शर्मा, कार्डस अन्तरराष्ट्रिय समन्वय तयारी समितिका संयोजक के बि हमाल, काड्स अन्तर्राष्ट्रिय प्रमुख मोहन कार्की, काड्स कार्पोरेशन का अध्यक्ष मिकि माउस लिम्बू लगयात विशिष्ट व्यक्तिहरुले कार्यक्रम आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। गैर आवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समिति तथा राष्ट्रिय समन्वय समिति लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ-आफ्नो कमेन्ट मार्फत शुभकामना सन्देश ब्यक्त गर्दै संस्थालाई आवस्यक सहयोग तथा सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

पहिलो सत्र अर्थात उद्घाटन  कार्यक्रमको समापन गर्दै सभापति कृष्ण पन्थीले कार्ड्सले नेपालमा हाल कृषकहरुले भोग्न परेको समस्या लाई अन्त्य गर्नको लागि नेपाल सरकारसंग पहल गर्ने र यदि कुनै पनि परिस्थितिमा सरकारले कृषि सम्बन्धि बस्तुहरुलाई बजार व्यवस्थापन गर्नको लागि जिम्मा दिन्छ भने आफुहरु त्यस कार्यमा कहिल्यै पछि नहटने जानकारी गराउदै उपस्थित सम्पूर्ण प्रमुख अतिथि, बिशेष अतिथि र अतिथि र सहभागीहरुलाइ धन्यबाद ज्ञापन गर्नुभएको थियो।

अन्तमा कार्डस अन्तर्राष्ट्रिय अर्गनाइजेसन समन्वय तयारी समितिका संयोजक के वि हमालको नेतृत्वमामा सजन लौडारी र असारमान राई सदस्य रहने गरि निर्वाचन समितिले विधानत सबै प्रकृया पूरा गरि सर्व सहमतिका साथमा केही सदस्य पछि थप गर्ने गरि कृष्ण पन्थीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति घोषणा गरेको थियो। कार्डस् अर्गनाईजेशन दोहा कतारको दोश्रो कार्यकालको लागि निर्वाचित  २७ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष राजाराम शाही, उपाध्यक्ष मोहम्मद अयुब शेष, महिला उपाध्यक्ष नानु घले, महासचिव डिल्लीराम भट्टराई, प्रथम सचिव सुरज कुँवर, द्वित्तीय सचिव रोशन बि. क., कोषाध्यक्ष नर बहादुर थापा, सहकोषाध्यक्ष राम कुमार राई लगायत सदस्यहरुमा क्रमश: रमेश थापा , चन्द्र बहादुर फुलेल , बासुदेब पाण्डेय , रमेश पुरी , बिष्णु बहादुर शाही , अब्दुल खालिक ,अम्बर राई , तेज बहादुर बुढाथोकी , प्रदीप राई, गणेश परियार , बिष्णु अधिकारी , अनिश घिमिरे , भुपराज दुबे र बाकि सदस्यहरु पूर्ण समावेशी सिद्धान्तका आधारमा कार्यसमितिले मनोनित गर्ने गरि चुनिएको थियो। अन्तमा सम्पूर्ण कार्यसमितिलाई निर्वाचन समिति संयोजक के बि हमालले  जुम मार्फत सपथग्रहण गराउनु भयको थियो।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच