नेकपाको संसदिय दलको नेतामा प्रचण्ड चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल \’प्रचण्ड\’ चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो।

प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै केपी ओली पक्षका सांसदलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एउटा पक्षको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन्।

पार्टी विवादबारे निर्वाचन आयोगले अहिलेसम्म टुंगो लगाउन सकेको छैन।-अन्नपुर्णपोष्ट