म्याग्दी प्रवासी नेपाली संघ (MONA) कतारको दशौ साधारण सभाको तयारि अन्तिम चरणमा

दोहा कतार, म्याग्दी प्रवासी नेपाली संघ कार्यकारी समिति (MONA) कतारको दशौ साधारण सभाको तयारि अन्तिम चरणमा पुगेको छ। ५ मार्च २०२१ का दिन संस्थाको २०१९-२१ कार्यकालको कार्यसमितिको अन्तिम बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षता र महासचिव थम गिरीको सहजीकरणमा प्रबिधिमैत्री बाताबरणमा जुमको माध्यमबाट सम्पन्न गर्दै यहि मार्च दोस्रो साता अर्थात यही १२ तारीक शुक्रबारका…

1 मिनेट

पढ्ने समय

दोहा कतार, म्याग्दी प्रवासी नेपाली संघ कार्यकारी समिति (MONA) कतारको दशौ साधारण सभाको तयारि अन्तिम चरणमा पुगेको छ। ५ मार्च २०२१ का दिन संस्थाको २०१९-२१ कार्यकालको कार्यसमितिको अन्तिम बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षता र महासचिव थम गिरीको सहजीकरणमा प्रबिधिमैत्री बाताबरणमा जुमको माध्यमबाट सम्पन्न गर्दै यहि मार्च दोस्रो साता अर्थात यही १२ तारीक शुक्रबारका दिन सम्पन्न हुन लागेको संस्थाको दशौ साधारण सभा तथा अठारौं बार्षिकोत्सवको तयारीलाइ अन्तिम रुप दिएको बताइएको छ।

बैठकले बर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै साधारण सभाको कार्यक्रम सामाजिक दुरी कायम गर्दै सिमीत तथा निर्वाचन समितिको उपस्थिती अलदोसरीबाट जुम मार्फत सम्पन्न हुने भएको छ l सस्थाले जनवरी १ देखी नै लागु हुने गरी साधरण सभालाई लक्षित गर्दै साधारण सदस्यता शुल्क १० कतारी रियाल र आजिवन सदस्यता शुल्क २५१ रियाल कायम गरी मार्च ११ सम्मको दुवै सदस्यता वितरण खुला गरेको छ ।

विश्वभरिका कुल २६ मुलुकहरुमा फैलिएको म्याग्दी प्रवासी नेपाली संघ (MONA) जिल्ला भित्र एक अग्रणि सामाजिक संस्थाको रुपमा चिनिन्छ। जिल्ला र देशभित्र मात्र नभएर बिदेशमा समेत समस्यामा परेका म्याग्देली र गैर म्याग्देलिहरुका समस्यामा हातेमालो गर्ने र मल्हम लगाउने उदेश्यले सन २००३ मार्चको दोस्रो शुक्रबार म्याग्दी सेवा समाज कतारको नामले स्थापित संस्थालाई विश्वव्यापी बनाउने क्रममा “प्रवासी म्याग्देली दृष्टी, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मुल नाराका साथ नाम परिवर्तन गरि म्याग्दी प्रवासी नेपालि संघ कतार को नामबाट सक्रिय रहदै आएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच