शेयर शिक्षा बढाउन प्रभु क्यापिटलले शुरु गर्यो सेयर तालिम
काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले काठमाडौं मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडीएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा संस्थामा आबद्ध करिब २० जनाको सहभागीता रहेको थियो।
यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तर्गतका विद्यार्थीहरुका लागि सेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ।
२०७७ चैत ८ गतेबाट १० गतेसम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन आज नेपालको पुँजीबजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नुपर्ने विषयका बारेमा तालिम दिइएको थियो।
चैत ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका छ। तालिम कार्यक्रममा कलेजमा बीबीएमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता छ।