शेयर बजार चम्किदा कुन समुहलाई कस्तो प्रभाव पर्यो?

सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्से सूचकमा दोहोरो अंकको सुधार आउँदा कारोबार भोलुम भने औसतमा छ । छोटो समयमा बेस्सरी घटेको बजारले फेरि विस्तारै लय समाउने प्रयास गरिरहेको छ । केही समय बजार सुस्तरुपमा तलमाथि भइरहे पनि निश्चित अवधिपछि फेरि रफ्तार समाउने अपेक्षा गरिएको छ । मंगलबार विशेषगरी ट्रेडिङ, हाइड्रोपावर समूहमा तेजी आएको…

2 मिनेट

पढ्ने समय

सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्से सूचकमा दोहोरो अंकको सुधार आउँदा कारोबार भोलुम भने औसतमा छ । छोटो समयमा बेस्सरी घटेको बजारले फेरि विस्तारै लय समाउने प्रयास गरिरहेको छ । केही समय बजार सुस्तरुपमा तलमाथि भइरहे पनि निश्चित अवधिपछि फेरि रफ्तार समाउने अपेक्षा गरिएको छ । मंगलबार विशेषगरी ट्रेडिङ, हाइड्रोपावर समूहमा तेजी आएको छ ।

माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट लगायतका समूह पनि वृद्धि भएका छन् । सेयर बजार बुलिस प्रवृत्तिमा छ । तर आक्रामक हिसाबमा नेप्से वृद्धि नभएका बेला सबै समूह एकसाथ माथि जाँदैन् । यस्तो बेला समूह घुमाइघुमाई बढ्ने गरेको देखिन्छ । कुनै बेला बैंकिङ समूह त कहिले बिमा । यसैगरी, कुनै बेला हाइड्रो अनि अरु समूहहरुमा तेजी आउने गरेको विगतको उदाहरण रहेको छ ।

अहिले पनि बजार केही सुस्त भएका बेला यसरी नै फरकफरक समूह र कम्पनीहरुमा तेजी आएको देखिन्छ ।बजारमा विभिन्न मुभमेन्ट र ट्रेन्डहरु देखिने गर्छ । कुनै बेला सूचक आक्रामक वृद्धि हुन्छ भने कुनै बेला बेस्सरी घट्छ पनि । यस्तै, कहिलेकाँही बजारले साइडवेज प्रवृत्ति पनि देखाउँछ । यस्तै, कारोबार रकम पनि धेरैथोरै हुने गर्दछ । यो बजारको सामान्य प्रवृत्ति हो ।

यसर्थ, प्रमुख पक्ष भनेको लगानीकर्ताको मनोविज्ञान हो । अनि, सकेसम्म राम्रा कम्पनीमा दीर्घकालीन होल्ड गर्नु नै राम्रो उपाय हुन सक्ने विश्लेषकहरुको भनाई छ । जसबाट बुल बजारले राम्रो नाफा दिन सक्छ । वित्तीय सूचकहरु अध्ययन गरेर रणनीतिक हिसाबले अघि बढ्न अनुभवीहरु सुझाव दिने गर्छन् ।
नेप्से सूचक १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा आइपुगेको छ । ५ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । १३ मध्ये ७ वटा समूहको सूचक हरियो देखिएको छ । ट्रेडिङ र हाइड्रोपावर समूहमा अधिक तेजी आएको छ ।

\"\"

८ कम्पनीको भाउ ९ प्रतिशतभन्दा मािथ अनि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । खरिदबिक्री रकममा निफ्रा ५२ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल बंगलादेश बैंक परेका छन् ।

\"\"

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच