एनआरएनए जापानको निर्वाचनको माहौल तातिरहेको बेला बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा सफल ब्यवसायी खड्काले पनि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहेको जनाउनु भएको छ ।
म्याग्दी जिल्लाको अन्नपुर्ण गॅाउपालिका वडा नम्बर ६ मा स्थायि ठेगाना भै बिगत तीन दशक देखि जापानमा ब्यबसाय गर्दै र सामाजिक कार्यको अग्र पंत्तिमा रहनुभएका खडकालाई अध्यक्ष पदका निकै बलिया उमेदवारको रुपमा लिईएको छ।
जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानमा आफूले योगदान गर्नु पर्ने आवस्यकता महशुस गरि उमेदवारी घोषणा गरेको खड्काले बताउनुभयो ।
सामाजिक संजालमार्फ़त मंगलवार आफ़नो उमेद्दवारी प्रस्तुत गर्नुभएका खड्का एनआरएनएको आभियानमा हाल आईसीसी सदस्य रहनुभएको छ भने जापानमा सल्लाहकारको रुपमा रहेर कार्य गरिसक्नु भएको छ । त्यसै गरि खड्का म्याग्दी प्रवासी नेपाली संघ (MONA) को समेत बिभिन्न महत्वपुर्ण पदहरुमा रहेर समेत जापानस्थित नेपाली समुदाय र नेपालमा समेत बिभिन्न तवर र माध्यामबाट योगदान पुर्याउदै आउनुभएको छ ।