एनआरएनए कतारको नवौं महाधिवेशन जुलाई १६ मा हुने, पदाधिकारीहरु सबै निर्विरोध निर्वाचित ।

गैरआवासीय नेपालि संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशन जुलाई १६ अर्थात भोलि ( शुक्रबार ) हुने भएको छ ।
बिगतका बर्षहरुमा नेपाली दूतावास दोहा कतारको सभाहलमा भौतिक रुपमा उपस्थिति जनाएर सम्पन्न हुने गरेको भए पनि यस पटकको महाधिवेशन कोरोना महामारिका कारण भर्चुअलको माध्यमबाट सम्पन्न हुन लागेको हो ।

\"\"
एक कार्मयकाल पुरा गरेर हालै सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्बिरोध निर्बाचित भएका एनआरएन कतारका महासचिव पदम गिरिद्वारा हालै जारी गरिएको सूचना अनुसार यहि जुलाई १६ तारिक शुक्मरबारका दिन हाधिवेशन सम्पन्न हुने भएकाले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू साथै पञ्जिकृत सदस्यहरु सबैमा सहभागितका लागि अनुरोध गरिएको छ।
एनआरएनका कतारका बिभिन्न पदहरुमा आकांक्षिहरुको लामै लिस्ट रहेको भए पनि अन्तत: सबै पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्वाचित भएको कुरा निर्वाचन समितिले यस अघि नै सुचना प्रकाशित गरि प्रष्ट पारेको थियो।

निर्वाचित हुने आईसिसि सदसियहरुमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का, अर्षद हुसेन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल, मदसिर नजर रहेका छ्न भने एनसिसि तर्फ क्रमश: अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिव पदम गिरी, सचिवमा रबिन मगर र दीप जङ्ग शाह, कोषाध्यक्ष बिनोद प्रसाद बसौला, सह- कोषाध्यक्ष बालकृष्ण न्यौपाने, महिला संयोजकमा नानु घले ब्लोन, युवा संयोजकमा डेक ब.भारती (सुमन) रहेका छन।
त्यसै गरि एनसिसिकै लेखासमिति संयोजकमा सन्तोष रेग्मी, सदस्यहरूमा टिकाराम गौतम (अमित) र गणेश भट्ट रहेका छ्न भने कार्यसमिति सदस्यहरूमा सेवक बिक, खड्का बहादुर फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सविन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायण प्रसाद ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, विष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद ईन्जाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, राम बाबु यादव, अगन्धर देवकोटा र मोहम्मद मेराजुद्दिन छ्न।
एनआरएनए कतारको नवौ महावेशबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुको नामावलि सहित निर्वाचन समितिले प्रकाशित गरेको आधिकारीक सुचना ।

१८. २०२१-२०२३ कार्यकालको लागि निर्बिरोध निर्वाचित कार्यसमितिको नामावली