यसैगरी, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको पनि नाम समावेश गरिएको छ । इमेलमा ‘अफलाइन र अनलाइन’ दुवै तरिकाबाट पैसा चोरी गरिने उल्लेख छ । इमेलमार्फत ह्याकरहरुले २४ घण्टाको समय दिइएको बताइएको छ ।
नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित छ, ढुक्क हुनुहोस : केन्द्रिय बैंक
नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले नेपालको बैंकिङ प्रणाली सबै हिसाबले ठीक र सुरक्षित छ । प्रणालीमा कसैले ह्याक नगरेको पनि उनले बताए । एक दर्जन भन्दा बढी बैंकहरुको सिस्टम ह्याक गर्ने तयारी भइरहेको भन्दै राष्ट्र बैंकका प्रवक्ता र सहायक प्रवक्ता लगायतलाई इमेल आएपछि मुलुकको…
नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले नेपालको बैंकिङ प्रणाली सबै हिसाबले ठीक र सुरक्षित छ । प्रणालीमा कसैले ह्याक नगरेको पनि उनले बताए । एक दर्जन भन्दा बढी बैंकहरुको सिस्टम ह्याक गर्ने तयारी भइरहेको भन्दै राष्ट्र बैंकका प्रवक्ता र सहायक प्रवक्ता लगायतलाई इमेल आएपछि मुलुकको समग्र बैंकिङ क्षेत्रमै आतंक मच्चिएको थियो । यही हल्लाका बीचमा केन्द्रीय बैंक त्रसित नहुन भनेको हो ।
प्रवक्ता ढकालले नेपालको बैंकिङ प्रणाली पूर्णतयः सुरक्षित रहेको र केन्द्रीय बैंक साइबर सुरक्षाका मामलामा थप सचेत भएको पनि बताए । उनले भने, ‘बैंकरहरुले बुधबार साँझ ह्याकरले पठाएको भनिएको इमेल सेयर गरे, हामी रातिदेखि नै अलर्ट भएर बस्यौं, बिहान मलाई पनि फोन गरेर ह्याक गर्न लागेको सूचना ह्याकरले नै दियो, त्यसपछि हामी थप सचेत भयौं । तर अहिलेसम्म नेपालको सम्पूर्ण बैंकिङ प्रणाली पूर्णरुपमा सुरक्षित छ ।’
अहिले थप सुरक्षित हुन बैंकहरुसँग समन्वय गरेर काम गरिरहेको पनि उनले बताए । ‘ढुक्क हुनुस्, हाम्रो पूरै बैंकिङ प्रणाली सुरक्षित छ । सबै बैंक तथा वित्ती संस्थालगयत राष्ट्र बैंकको सिस्टमलाई माइन्युट्ली हेरिसकेका छौं । कहीँ पनि केही समस्या छैन’ उनले भने । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डूको नाम उल्लेख छ ।
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












