आयोजना प्रभावितका लागि खोलिएको मध्य भोटेकोशीको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंगलबार बाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेमा हाल सम्म १६ करोड ४७ लाख ७६ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बिहीबार सम्ममा ७ हजार ५८६ जनाले १६ लाख ४७ हजार ७६१ कित्ताका लागि आवेदन…

1 मिनेट

पढ्ने समय

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंगलबार बाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेमा हाल सम्म १६ करोड ४७ लाख ७६ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बिहीबार सम्ममा ७ हजार ५८६ जनाले १६ लाख ४७ हजार ७६१ कित्ताका लागि आवेदन दिएका हुन् ।

जसमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

यसमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । यसमा सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ ।

यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेकामा कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच