जापानको टोकियोमा आजबाट विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद औपचारिक रुपमा सुरु हुँदै छ । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ । ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो ।
ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् । उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।














