केहि दिनको करेक्सनपछि शेयर बजारको यात्रा पुन: नॅया उचाई तर्फ बढदै ।

काठमाडौं : एक महिनाभन्दा लामो अवधिको करेक्सनपछि नेप्से सूचक फेरि ३ हजार विन्दुभन्दा माथि आइपुगेको छ । सूचकले गत साता आम लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने विन्दुलाई पार गरेर बसेको हो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारले फेरि नयाँ र सकारात्मक संकेतहरु देखाइरहेको छ । बैंकमा तरलता निकै सहज भएको छ । बैंकहरुले सस्तो ब्याजदरमा सेयर…

2 मिनेट

पढ्ने समय

काठमाडौं : एक महिनाभन्दा लामो अवधिको करेक्सनपछि नेप्से सूचक फेरि ३ हजार विन्दुभन्दा माथि आइपुगेको छ । सूचकले गत साता आम लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने विन्दुलाई पार गरेर बसेको हो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारले फेरि नयाँ र सकारात्मक संकेतहरु देखाइरहेको छ । बैंकमा तरलता निकै सहज भएको छ । बैंकहरुले सस्तो ब्याजदरमा सेयर कर्जा दिएका छन् । नयाँ अर्थमन्त्री पनि सेयर बजारप्रति सकारात्मक देखिएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । अहिलेको नीति अन्तिम प्रहरमा गएर परिवर्तन भएन भने पुँजी बजारलाई नकारात्मक असर पर्ने गरी नीति नआउने भनिएको छ । यी यावत् पक्षहरुका कारण सेयर बजारको आगामी गति थप सुखद् र सकारात्मक हुने अपेक्षा गरिएको छ । आम लगानीकर्ताहरुले राम्रो वित्तीय सूचक भएका कम्पनी छनोट गरी अघि बढ्न सक्नुपर्छ ।

साताको सेयर बजार कस्तो रह्यो ? 

नेप्सेले नयाँ जोस र उत्साहसहित नयाँ आर्थिक वर्षलाई स्वागत गरेको छ । नेप्से सूचक पुनः नयाँ अलटाइम हाई विन्दुको नजिक पुग्दै गएको छ । यस साता नेप्से सूचक ४.१९% ले बढेर ३००४.३३ विन्दुमा पुगेको छ । गत साता नेप्से सूचक २८८३.३८ विन्दुमा बन्द भएको थियो । बिहीबार ११.११ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ४१ खर्ब भन्दा बढी पुगेको छ ।

\"\"

नेप्सेमा दैनिक कारोबार रकम 

यस साता नेप्सेमा सेयर कारोबार रकम पनि समग्रमा राम्रो देखिएको छ । सबैभन्दा धेरै आइतबार ११.६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने सबैभन्दा थोरै ७.८९ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस साता औसतमा दैनिक कारोबार रकम १०.६२ अर्ब रुपैयाँ देखिएको छ ।

\"\"

सूचीकृत समूहहरुको प्रदर्शन 

यस साता सूचीकृत सबै समूहको सूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह १६.२४% र व्यापारिक समूह ७.३५% वृद्धि भएको छ । यस्तै, बैंकिङ समूहमा पनि ७.०३% सुधार आएको छ ।

\"\"

धेरै कमाउने 
यस साता धेरै कमाउनेको सूचीमा अधिकांश म्युचुअल फन्डका लगानीकर्ता देखिएका छन् । लक्ष्मी उन्नती कोषले २५% र लक्ष्मी इक्विटी फन्डले ३५% लाभांश घोषणा गरेपछि लगानीकर्ता म्युचुअल फन्डमा आकर्षित भएको देखिएको छ । यस साता माउन्टेन इनर्जीको भाउ सबैभन्दा धेरै ३०.९२% ले बढेको छ । त्यसपछि, लक्ष्मी इक्विटी फन्ड २७.३९% र लक्ष्मी उन्नति कोष २४.२५% ले वृद्धि भएका छन् ।

\"\"

धेरै गुमाउने 
यस साता राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर भाउ सबैभन्दा धेरै ५.५५% ले घटेको छ । त्यसपछि, गोर्खाज फाइनान्स ५.४४% र सारथि नेपाल लघुवित्त ४.६६% ले घटेका छन् ।
\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच