लगानि कर्ताहरुलाई सुवर्ण अवसर : ५ अर्व भन्दा बढिको आईपिओ आउदै

पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रमले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नेपालको आइपीओ मार्केट उत्साहजनक देखिने अनुमान गर्न सकिन्छ । नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १७ पुगेको छ । यस्तै, ४ कम्पनीले अनुमति पाएर निष्कासन गर्ने तयारीमा देखिएका छन् । धितोपत्र…

2 मिनेट

पढ्ने समय

पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रमले यस आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नेपालको आइपीओ मार्केट उत्साहजनक देखिने अनुमान गर्न सकिन्छ । नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १७ पुगेको छ । यस्तै, ४ कम्पनीले अनुमति पाएर निष्कासन गर्ने तयारीमा देखिएका छन् । धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ३ लाख ७२ हजार ५४८ कित्ता सेयर थपिनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । यता, मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, मानुषी लघुवित्त र सामलिङ पावरले आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।

यसमध्ये, मैलुङ खोलाले साउन १४ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने आह्वानपत्र जारी गरेको छ ।यसैगरी, पाइपलाइनमा रहेका र बोर्डले अनुमति दिएका बाहेक पहिल्यै अनुमति पाएका कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ बिक्री गर्न बाँकी छ । हाल मध्य भोटेकोशी जलविद्युत र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावितलाई आइपीओ बिक्री गरिरहेका छन् । यी कम्पनीहरुले स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणलाई आइपीओ जारी गर्नेछन् ।

हाल मध्य भोटेकोशीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई ६० लाख कित्ता र तेह्रथुम पावरले तेह्रथुम जिल्लाका स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरिरहेका छन् । भोटेकोशीले सर्वसाधारणलाई ९० लाख कित्ता आइपीओ छुट्याएको छ । यद्दपि, स्थानीयले माग अनुसार आवेदन नदिएमा भने बाँकी रहेको सेयर सर्वसाधारणलाई थप हुनेछ । यस्तै, तेह्रथुमले सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर छुट्याएको छ ।

\"\"

\"\"

आइपीओमा लगानीकर्ताको बढ्दो आकर्षण

पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक देखिएको छ । दोस्रो बजारसँगै प्राथमिक बजारले पनि रेकर्ड ब्रेक गर्दै गइरहेको छ । प्रत्येक आइपीओ निष्कासनमा आवेदन दिने लगानीकर्ताको २० लाख भन्दा बढी पुग्न थालेको छ । हालै बाँडफाँट भएको युनियन लाइफ इन्सुरेन्सको आइपीओमा २१ लाख ८२ हजार भन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए । जुन हालसम्मकै उच्च हो ।
फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३७ लाख ६७ हजार ८७२ पुगेको छ । तथापि, एकै जनाले दुई वटासम्म डिम्याट खाता खोल्न पाउने छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच