काठमाडौं : बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ । आज कात्तिक १ गतेदेखि लागू हुने गरि बाग्मती प्रदेशमा चल्ने स्थानीय र छोटो रुटको भाडा बढेको हो । नयाँ भाडादरअनुसार अब बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातमा चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा तिर्नुपर्छ । प्रदेशले ५ किलोमिटरलाई १८ रुपैयाँ भाडा तोकेको छ ।
त्यस्तै १० किलोमिटरसम्मको भाडा २३ रुपैयाँ पुगेको छ । प्रदेशले १५ किलोमिटरसम्मको भाडा २७ रुपैयाँ पुर्याएको छ । यातायात व्यवसायीले २० किलोमिटरसम्म यात्रु चढेमा ३० रुपैयाँ भाडा लिन पाउनेछन् ।














