बेनि म्याग्दी, नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुनउडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालकाकेन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताए । ‘भष्मासुर स्वच्छाचारी सरकार बिरुद्धको सन्देशसहित उडाइएको हो,‘अबका हरेकआन्दोलन केपी ओलीका गलत क्रियाकलाप बिरुद्ध हुन्छन’ विश्वकर्माले समाजिक सञ्जालमा लेखेका छन् ।
संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको अवस्थामा म्याग्दीमा समेत कार्यक्रमलाई निरन्तरतादिइरहेको छ । म्याग्दीमा केन्द्रिय कार्यक्रम अनुसार नै अगाडी बढेको प्रचण्ड–माधव समूह निकटले आफ्नो पक्षमा नेता तथाकार्यकर्तालाई आर्कषित गर्ने विभिन्न कार्यक्रमहरु गोप्य रुपमा सञ्चालन गरिरहेको स्रोतले जनाएको छ ।
म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहको कडा प्रतिस्पर्धा छ । जिल्लाका संघीय, प्रदेश र स्थानीय तहमध्येअधिकांस जनप्रतिनिधि ओली लाइनमा देखिएका छन् भने जिल्लास्तरका नेताहरुमा दुबैले आफ्नो बहुमत भएको दावी गरिरहेका छन् ।दोस्रो चरणको आन्दोलन अन्तरगत थप रणनीति सहित संघर्षका कार्यक्रमहरुको तयारी भइरहेको नेकपा म्याग्दीले जनाएको छ।














