प्रधानमन्त्रि ओली बिरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्धा दर्ता

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष खड्ग प्रसाद ओली बिरुद्ध कानुन ब्याबसायी बिरुद्ध अभद्र ब्यबहार गरेको भन्दै अवहेलनाको निवेदन परेको छ। ओली बिरुद्ध कानुन ब्यबसायी बिरुद्ध जथाभावी बोलेको तथा अदालतमा विचाराधीन मुद्धा प्रभावित पार्न खोजेको भन्दै कार्वाहीको माग सहित आइतबार बरिष्ट अधिवक्ता कुमार शर्माले निवेदन पेश गर्नुभएको हो। प्रधानमन्त्री ओलीले केहि दिन अघि बाजे वकिल…

1 मिनेट

पढ्ने समय

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष खड्ग प्रसाद ओली बिरुद्ध कानुन ब्याबसायी बिरुद्ध अभद्र ब्यबहार गरेको भन्दै अवहेलनाको निवेदन परेको छ। ओली बिरुद्ध कानुन ब्यबसायी बिरुद्ध जथाभावी बोलेको तथा अदालतमा विचाराधीन मुद्धा प्रभावित पार्न खोजेको भन्दै कार्वाहीको माग सहित आइतबार बरिष्ट अधिवक्ता कुमार शर्माले निवेदन पेश गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले केहि दिन अघि बाजे वकिल भनि बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारिमाथि व्यंग्य गर्नुभएको थियो। यस अघि बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको मान मर्दन गरेको भन्दै नेपाल बार एसोसियशनका चार पुर्व अध्यक्षहरुले आपत्ति जनाएका छन्। उनीहरुले आइतबार संयुक्त बक्तब्य जारि गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन ब्यबसायीमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन्। बरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खडका र शेर बहादुर के सी ले संयुक्त बिज्ञप्ति निकाल्दै प्रधानमन्त्रीलाई सार्वजनिक क्षमा याचना गर्न र अदालतको अवहेलानाजन्य कार्य गरे बापत जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच