शेयर मार्केट क्र्याश भनेको के हो ? यो किन अनि कसरी हुन्छ?

यतिबेला हाम्रो सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । बजारमा सकारात्मक पक्षहरु धरै छन् । तथापि, समिर गौतमद्वारा लिखित योलेख विषेशत: नयाँ लगानीकर्ताका लागि उपयोगि हुने देखेक साभार गरेका छौं।– घोरेपानि अनलाईन। काठमाडौं : सेयर बजार निरन्तर चलायमान हुन्छ । कारोबार भएको दिनभर सेयर भाउमा निरन्तर घटबढ भइरहेको हुन्छ । तर जब सेयरबजारले ठूलो गिरावट…

7 मिनेट

पढ्ने समय

यतिबेला हाम्रो सेयर बजार बुलिस ट्रेन्डमा रहेको बजारमा सकारात्मक पक्षहरु धरै छन् तथापि, समिर गौतमद्वारा लिखित योलेख विषेशत: नयाँ लगानीकर्ताका लागि उपयोगि हुने देखेक साभार गरेका छौं।घोरेपानि अनलाईन।

काठमाडौं : सेयर बजार निरन्तर चलायमान हुन्छ कारोबार भएको दिनभर सेयर भाउमा निरन्तर घटबढ भइरहेको हुन्छ तर जब सेयरबजारले ठूलो गिरावट भोग्छ, तब लगानीकर्ता माझ त्रास भयको वातावरण सिर्जना हुन्छ बजार अब ध्वस्त भयो’, ‘सेयर बजारमापहिरो गयोलगायत भनाईहरु यत्रतत्र देख्न पाइन्छ लगानीकर्ताका बीचमा आम निराशा छाउँछ सेयर मार्केट क्र्यास निश्चित रुपमैडरलाग्दो हुन्छ

सयौं लगानीहरु निरुत्साहित हुन सक्छन् भने लगानीकर्ताको पोर्टफोलियोमा अवस्था अनुसार लाखौं वा करोडौं रुपैयाँको गिरावट आउनपनि सक्छ त्यसो भए यो क्र्यास के कारणले हुन्छ ? यसले के कस्तो असर गर्दछ ? सेयर मार्केट क्र्यास वास्तवमा के हो यसलेतपाईंको पोर्टफोलियोमा असर पार्नुभन्दा अघि केके जान्नुपर्दछ वा केकस्ता योजना बनाउनुपर्छ भन्ने बारेमा नजिकबाट नियाल्ने प्रयासगरौं

स्टक मार्केट क्र्यास हुँदा के हुन्छ वा कस्तो अवस्थालाई भनिन्छ क्र्यास

 सेयर बजार क्र्यास के हो विषयमा धेरै परिभाषाहरु छन् केही कडाईका साथ बजार सूचकमा एकै दिन १०% वा त्यसभन्दा बढी गिरावटआउनुलाई कतिपयले सेयर मार्केट क्र्यास भन्ने गरेका छन् त्यस्तै, कतिपयले बजार लगातार २० देखि ३०% सम्म गिरावट आएमाक्र्यासको संकेत भनेका छन् अर्थात् कति प्रतिशत बजार घट्यो भने क्र्यास मान्ने भन्ने सन्दर्भमा भने विश्लेषक तथा जानकारहरुकोफरकफरक मत रहेको पाइन्छ  

 त्यस्तै, कतिपयले भने केही सामान्य दृष्टिकोण मात्र प्रदान गरेका छन् सामान्य अर्थमा, उनीहरुका अनुसार क्र्यास भनेको छोटो समयमैसेयर बजार समग्र सेयरकै भाउमा नाटकीयरुपमा गिरवाट आउनु हो जुन रुपमा हेरे पनि, सेयर मार्केट क्र्यास त्यतिबेला हुन्छ जबसार्वजनिक रुपमा कारोबार हुने सम्पतिमाथि लगानीकर्ताको विश्वास घट्न थाल्छ वा भनौं भाउ लागतार घट्न थाल्छ

फलस्वरुपः लगानीकर्ता आफूसँग भएको सेयर भकाभक बेचेर बजारबाट बाहिर निस्किन सुरु गर्न थाल्छन्, जसले बजारलाई झन्ओरालो गतिमा लैजान्छ लगानीकर्तामा बजारप्रति विश्वास हुँदैन मनोबल गिर्छ जताततै नकारात्मक चर्चा मात्र हुन्छ भाउहरु निकैतल्लो विन्दुमा आउँछ अर्थात् वियरिस प्रवृत्ति भन्दा पनि निकै डर लाग्दो अवस्थालाई क्र्यास भन्ने गरिएको त्यतिबेला सरकार वानियामक निकायसमेत डराउने अवस्थामा पुग्छ  

 क्र्यासको असर पनि फरक फरक हुनसक्छ कहिलेकाहीँ यो सीमित रहन्छ जस्तै, सन् १९८७ को अक्टोबर १९ मा अमेरिकाकोडाउजोन्स एस एन्ड पी ५०० दुवै २०% ले घटेका थिए तर उक्त क्र्यास छोटो समयका लागि मात्र थियो बजार चाँडै सम्हालियो पनि क्र्यास भएको केही दिनपछि नै डाउ जोन्सले गुमाएको भन्दा ४३% बढी रिकभर गर्यो भने वर्षमा झण्डै १००% रिकभर भएको थियो

यस्तै, केही क्र्यास लामो समयसम्म पनि रहन सक्छ यसले असर पनि ठूलो पुर्याउन सक्छ सन् १९२९ मा अमेरिकी सेयर बजार ८५% घटेको थियो जसले अमेरिकी इतिहासकै ठूलो आर्थिक संकटदि ग्रेट डिप्रेसननिम्त्याउन सहयोग पुर्याएको थियो जुन १० वर्षसम्मरह्यो

 स्टक मार्केट क्र्यासको खास कारण के हो ?

 इतिहासलाई हेर्ने हो भने, सेयर मार्केट क्र्यासहरु प्रायःजसो लामो समयसम्म निरन्तर अर्थतन्त्र सेयर बजार वृद्धिपछि देखा पर्दछन् अर्थतन्त्रमाथि भरोसा, स्थिर सेयर लाभ न्यून बेरोजगारी दर सबै बुल मार्केटका कारकहरु हुन् जब धेरै भन्दा धेरै सेयरहरु खरिद हुन्छ, तब भाउ बढ्दै जान्छ तर सेयर बजारको दुनियाँमा भाउ निरन्तर बढ्ने मात्र हुँदैन

बुलिस बजार त्यसबेलासम्म रहन्छ जबसम्म बजारको चाल मोड्ने कुनै कारक घटना हुँदैन कहिलेकाहिँ लगानीकर्ताको मनोविज्ञानमासामान्य परिवर्तनले पनि बजारलाई उल्टो गतिमा लैजान्छ तर सामान्यतयः बजार घटाउनका लागि भने केही केही कारक घटना घटेकैहुन्छन्  

 सेयर बजार क्र्यास हुनका लागि विभिन्न विषयले कारक भूमिका खेल्ने गर्दछन् केही कारणहरु निम्न छन् 

 . अत्यास (प्यानिक)

मार्केट क्र्यास गर्ने अनगिन्ती कारणहरुमध्ये एक हो प्यानिक आफ्नो लगानीको मूल्य अझै घट्ने डरमा लगानीकर्ताले नगद सुरक्षित गर्नआफूसँग भएको सेयर बेच्न सुरु गर्दछन् जब भाउ घट्न थाल्छ, तब लगानीकर्तामा डर त्रासले झन् ठूलो ठाउँ ओगट्छ झन् बिक्रीचाप बढ्न थाल्दछ

जुन अत्यास अन्ततोगत्वा, मार्केट क्र्यास गराउने कारक तत्व बन्दछ बजारको कुनै एक ठूलो खेलाडी आर्थिक संकटमा पर्नेदेखि कुनैनीतिनियम बजारको विरुद्ध जाने सम्भावनाले पनि ठूलो संख्यामा लगानीकर्ता प्यानिक सेलमा जाने वातावरण सिर्जना हुनसक्छ

 . प्राकृतिक तथा मानव निर्मित विनास

 यसमा बाढिपहिरो, भूकम्पदेखि युद्ध महामारी सबै किसिमका विनास आपत्तिहरु सामेल हुनसक्छन् उदाहरणका लागि, कोभिड१९महामारीले सन् २०२० को मार्च महिनामा संसारभरका मार्केट करिब क्र्यासको अवस्थामा पुग्न लागेको घटनालाई लिन सकिन्छ तरतत्काल रिकोभर पनि भयो कोरोना भाइरस विश्वव्यापीरुपमा फैलिन थालेपछि अमेरिकाका साथै अन्य मुलुकको अर्थतन्त्र पनि खुच्निसुरु भएको थियो

लक डाउनका कारण अर्थतन्त्र चलायमान हुन सकेन भने लगानीकर्ताहरु सेयर बेचेर नगद जम्मा गर्नतर्फ लागे फलस्वरुपः सेयर भाउमाउच्च गिरावट आएको थियो यद्दपि, विश्व बजारले केही समयपछि नै पुनः सम्हालियो त्यतिमात्र होइन, विस्तारै अमेरिका, भारतलगायत अन्य थुप्रै देशका सेयर बजारले नयाँ इतिहाससमेत रचे नेपालको सेयर बजार पनि नयाँ रेकर्ड कायम गर्र्दै अघि बढिरहेको  

 . आर्थिक संकट 

कुनै एउटा उद्योग वा अर्थतन्त्रको एक हिस्सामा मात्र समस्या आयो भने पनि त्यसले छाल जस्तो असर पुर्याउँछ त्यस्तो, छालले अन्यक्षेत्रमा पनि असर पुर्याएकै हुन्छ एउटा क्षेत्रमा देखिएको समस्याले पनि समग्र सेयर बजार ध्वस्त बनाउने सम्भावना रहन्छ एउटा त्यस्तैउदाहरण सन् २००७२००८ को धितो संकटलाई लिन सकिन्छ दशकको सुरुवातदेखि नै बैंकिङ क्षत्रमा नियमन नहुँदा बैंकहरुले उच्चजोखिम भएका ऋणीलाई धितोकर्जा प्रदान गरेका थिए

तर, जब ती ऋणीहरुले भुक्तनी दिन बन्द गरे तब घरजग्गाको भाउ घट्न सुरु गर्यो अन्तमा घरजग्गा बजार नै ध्वस्त भयो यसको असरत्यतिमै सीमित रहेन व्यर्थ बनेका धितोहरु प्याकेज बनाएर संस्थागत लगानीकर्तालाई बेचियो तर उनीहरुले पनि अरबौं डलर सम्पतिगुमाए

ठूला कम्पनीहरुले संकटमा परेको घोषणा गरे सेयर बजारले पनि तीब्र नकारात्मक प्रतिक्रिया दिइहाल्यो  सेप्टेम्बर १९ देखि अक्टोबर१० सम्म अमेरिकाको डाउ जोन्स सूचक ३६ सय अंकले घटेको थियो यसबाट पनि अर्थतन्त्रको कुनै एक क्षेत्रमा देखिएको समस्यात्यसमै सीमित नभएर छाल जस्तो असर गर्ने प्रष्ट हुन्छ

  अनुमान 

अनुमानले पनि कहिलेकाँही स्टक मार्केट क्र्यास गराउने सम्भावना उत्तिकै हुन्छ कुनै व्यक्ति समूह वा संस्थाहरुले भविष्यमा सम्पति बढ्नेआशामा अनुमान लगाएर कुनै क्षेत्रमा लगानी गर्दछन् भने त्यस्तो अनुमानलेबबलनिम्त्याउँछ यदि आशा निरासामा परिणत भयो वाअनुमान अनुसार प्रदर्शन गर्न सकेन भनेबबलफुट्छ जसले ठूलो संख्यामा बिक्री चाप बढाउने सम्भावना हुन्छ मार्केट क्र्यास गराउँछ

 के सेयर बजारलाई क्र्यास हुनबाट रोक्न सकिन्छ

 सेयर बजारलाई क्र्यास हुनबाट रोक्ने वास्तवमै कुनै उपाय छैन यद्दपि, सरकारहरुले बजारलाई ठूलो गिरावट हुनबाट जोगाउन गम्भीरअस्थिरता हुन नदिन रक्षक उपायहरु भने अपनाउन सक्छ विश्वका सरकार तथा नियामकहरुले यस्ता काम गरेका पनि छन् त्यस्तै, उपायहरुमध्ये एक हो सर्किट ब्रेकर सन् १९८७ को स्टक मार्केट क्र्यासपछि सर्किट ब्रेकर प्रयोगमा ल्याइएको हो

नेपालको बजारमा पनि इन्ट्रा डे मा आंशिक रुपमा कारोबार रोक्नेदेखि पूर्णरुपमा दिनभरका लागि कारोबार बन्द गर्नेसम्म व्यवस्था रहेको अघिल्लो दिनको कारोबारको तुलनामा % ले सेयर बजार घटे वा बढेमा पूर्णरुपले कारोबार बन्द हुने हामीकहाँ व्यवस्था त्यसो कोरोना अवधिमा करिब महिना सेयर बजार पूर्णरुपमा बन्द गरिएको थियो  

 बजार स्थिर बनाउन बैंक ब्याजदरमा पनि परिमार्जन गरिँदै आएको ब्याजदर कम गरी सेयर खरिदका लागि प्रोत्साहन गरिएको हुन्छ यस्तै, ठूला लगानीकर्ताले ठूलो संख्यामा सेयर खरिद गरेर पनि बजार स्थिर बनाउने प्रयास गरेका हुन्छन् स्टक डिलरको भूमिका पनिमहत्वपूर्ण मानिन्छ तर यी सबै उपायका बाबजुत पनि मार्केट क्र्यास भने भइरहेकै हुन्छ

 मार्केट क्र्यास भयो भने लगानीकर्ताले के गर्ने ?

 पहिलो महत्वपूर्ण काम भनेको प्यानिक सेल नगर्ने नै हो अत्तालिएर सेयर बिक्री गर्दा नोक्सानमै परिन्छ सेयर होल्ड गरेरपोर्टफोलियो घटेको हेर्नु पक्नै पनि निराषाजनक क्षण हुन्छ तर भाउ घटेको बेला बेच्नु पनि जित्ने चाल भने होइन घटेको बजारजतिबेला पनि बाउन्स ब्याक हुन सक्छ भन्ने बिर्सनु हुँदैन अर्को रणनीति भनेको आफ्नो पोर्टफोलियोलाई मिश्रित बनाउने हो

पोर्टफोलियो विविधिकरण गर्यो भने नोक्सान कम गर्न मद्दत पुग्छ अन्तमा, सेयर बजारको प्राकृतिक चक्र भनेकै घट्ने बढ्ने हो बढेको बजार घट्छ घटेको बजार पुनः बढ्छ भन्ने कुरा भुल्नु हुँदैन त्यसैले, लगानीका दीर्घकालीन योजना बनाएर अघि बढ्नु नै उचितहुन्छ

पोर्टफोलियोमा विविधिकरण ल्याउन आवश्यक बजार ध्वस्त हुने विचार भयानक हुनसक्छ तर त्यसका लागि उचित तयारी सजगताका साथ लगानी गर्दा जस्तो सुकै क्र्यासबाट पनि पार लगाउन सकिन्छ त्यसो बुलिस ट्रेन्डमा सेयर बजारबाट मनग्ये कमाउनसकिने कुरा सबैलाई थाहा भएकै विषय हो  

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच