दशनामी समाज कतारद्वारा बोनम्यारो पिडित बालिकालाई आर्थिक सहयोग

बिगत केहि समयदेखि बोनम्यारोको समस्याबाट पिडित तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ८ निवासी १६ बर्षिय बालिका विनिता गिरीलाई नेपाल दशनामी समाज साखा कतारले उपचारमा सहयोग पुगोस भन्ने हेतुले रु. २०,०००/- आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल दशनामी समाज कतारको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत संकलित रकम दशनामी समाज कतारका कोषाध्यक्ष भिमलाल पुरीद्वारा नेपाल…

2 मिनेट

पढ्ने समय

बिगत केहि समयदेखि बोनम्यारोको समस्याबाट पिडित तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ८ निवासी १६ बर्षिय बालिका विनिता गिरीलाई नेपाल दशनामी समाज साखा कतारले उपचारमा सहयोग पुगोस भन्ने हेतुले रु. २०,०००/- आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल दशनामी समाज कतारको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत संकलित रकम दशनामी समाज कतारका कोषाध्यक्ष भिमलाल पुरीद्वारा नेपाल दशनामी समाज चितवनद्वारा आयोजित एक कार्यक्रमका बिच उपचाररत बालिकाको बुबा विष्णु गिरीलाई हस्तान्तरण गरिएको हो ।

\"\"
दशनामी समाज कतारका कोषाध्यक्षद्वारा सहयोग हस्तातरण गरिदै

छोरीको उपचारको लागि देश बिदेशमा रहेका दशनामी समाज र दशनामी बन्धुहरुले देखाउनुभएको मानविय सहयोगप्रति खुसी प्रकट गर्दै बालिकाका बुबाले यसरी नै सहयोग प्राप्त हुदै गएमा छोरीको उपचारमा सहजता हुने आशा ब्यक्त गर्नुभएको थियो । कक्षा ९ मा अध्ययनरत विनिताको विगत ९ महिनादेखी सीभील हस्पिटल काठमाडौँमा उपचार भईरहेको छ ।

\"\"
उपचाररत बाकिका बिनिता गिरी

आज भएको रकम हस्तान्तरण कार्यक्रममा नेपाल दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, उपाध्यक्ष हिम्मत पुरी , शिवराज गिरी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

यस बिषयमा संक्षिप्त प्रतिक्रिया लिनको लागि हामीले नेपाल दशनामी समाज कतार साखाका अध्यक्ष श्री थम कुमार गिरी संग सम्पर्क गर्ने प्रयाश गरेको भए पनि वहाको कार्य ब्यस्ताको कारण हामिले वहाको प्रतिक्रिया लिन असमर्थ भयौ भने आफ्नो प्रतिक्रिया दिदै नेपाल दशनामी समाज कतार साखाका बरिष्ठ उपाध्यक्ष श्री पदम गिरीले देश तथा बिदेशमा छरिएर रहेका र समस्यामा परेका दश्नामिहरुलाई एकताबद्ध तथा एक आपसमा सहयोग आदान प्रदान गर्नको लागि नै नेपाल दशनामी समाज साखा कतारको स्थापना भएकोले आगामी दिनमा पनि एक आपसमा सहयोग आदान प्रदान गर्नको लागि सम्पूर्ण दश्नामिहरु आ आफ्नो ठाउबाट नेपाल दशनामी समाज को छातामुनि गोलबद्ध हुनु अत्यन्तै आबास्यक रहेको कुरा बताउनुभयो।

\"\"

स्मरणीय रहोस, \” दशनामी एकता , आजको आवस्यकता, \” भन्ने मूल नाराका साथ, रोजगारी तथा बिभिन्न पेशा ब्यबसायको सिलसिलामा दोहा कतारमा आइ बोसबास गर्ने नेपालि दश्नामिहरुको एक मात्र साझा सस्थाको रुपमा २४ नोभेम्बर २०१७ मा नेपाल दशनामी समाज साखा कतारको स्थापना भएको हो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच