गण्डकी प्रदेश समन्वय परिषद कतारको दोश्रो साधारण सभा आगामी फेब्रुअरीमा सम्पन्न हुदै

गण्डकी प्रदेशबाट बिभिन्न पेशा ब्यबसाय तथा रोजगारीको लागि मध्यपूर्वको सानो, शुन्दर र अत्यन्त सम्पन्न देश कतारमा आइ बसेका नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद कतारले औपचारिक स्थापनाको दुइ वर्ष पुरा गरेको छ। गण्डकी प्रदेशबाट दोहामा आइ बसेका नेपालिहरुको बिचमा भाइचारा वृद्धि गर्दै आपसी सहयोग स्थापित गर्ने अनि दोहामा कमाएको रियाल र सिकेको सीपलाई आफ्नो मातृभूमिमा यथोचित र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समन्वय गर्ने उद्देश्यले केहि बर्ष अगाडी उक्त क्षेत्रबाट दोहामा आइ रोजगारी तथा ब्यबसाय गर्ने नेपाली समुदायका अगुवाहरुको पहलमा यस सस्थाको स्थापना भएको हो। स्थापनाको लामो समय सम्म तदर्थ समितिको रुपमा मात्र सिमित रहेको संस्थाले दुइ वर्ष अगाडी आफ्नो प्रथम साधारण सभा सम्पन्न गर्दै कास्कीका हंशराज ढकाल क्षेत्रिको अध्यक्षमा पहिको कार्यसमिति चयन गरेको थियो। प्रथम कार्यसमितिका अध्यक्ष श्री हंशराज ढकालले हामि संगको संक्षिप्त कुराकानीमा कार्यसमिति निर्वाचित भएको केहि समय पछि नै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण संस्थाले आशातित रुपमा आफ्ना गतिविधिहरु संचालन गर्न नसकेको भए पनि भावी पुस्ताको लागि केहि गर्ने र सोच्ने मार्ग प्रशस्त गर्न समन्वय परिषदको पहिलो कार्यसमिति सफल भएको कुरा बताउनुभयो।

संस्थाको बिधान अनुसार हरेक दुइ बर्षमा साधारण सभा सम्पन्न गरि नया कार्यसमिति चयन गर्नु पर्ने भएकोले गत ८ जनवरी २०२१ मा बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार यहि आउदो १२ फेब्रुअरी २०२१ का दिन भर्चुअल माध्यमबाट संस्थाको दोश्रो साधारण सभा गर्दै नया कार्यसमिति चयन गर्नको लागि आश बहादुर गुरुङ्गको अध्यक्षतामा पदम गिरी र बिक्रम कार्की सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन भै निर्बाचन कार्यकर्म समेत प्रकाशित भइसकेको खबर घोरेपानी अनलाइन्लाइ प्राप्त भएको छ। निर्वाचन कार्यक्रम अनुसार आउदो फेब्रुअरी २ बाट शुरु भै १२ सम्म विभिन्न चरणमा साधारण सभाका कार्यक्रमहरु अनलाइन माध्यमबाट सम्पन्न हुने बताइएको छ।साधारण सभा र निर्बाचनका कार्यक्रमहरु निम्नानुसार रहने बताइएको छ।

\"\"