प्रवासि नेपालि एकता मन्च कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने ।

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमाज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । यसै तथ्यलाई हृदयंगम गर्दै प्रवासि नेपालि एकता मन्च कतारलेआगामि १६ अपृल २०२१ का दिन हमाद मेडिकल कर्पेरेशनको ब्लड डोनर सेन्टर दोहा कतारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्नलागेको कुरा…

3 मिनेट

पढ्ने समय

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन स्वइच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ आकस्मिक कारणले अकालमाज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो यसै तथ्यलाई हृदयंगम गर्दै प्रवासि नेपालि एकता मन्च कतारलेआगामि १६ अपृल २०२१ का दिन हमाद मेडिकल कर्पेरेशनको ब्लड डोनर सेन्टर दोहा कतारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्नलागेको कुरा प्रवासि नेपालि एकता मन्च कतारका अध्यक्ष रामहरी गैरेले घोरेपानी अनलाईनलाई बताउनुभयो। उक्त दिनको रक्तदानकार्यक्रमको बारे थप जानकारी तथा सहयोग आवास्यक परेमा संस्थाका पदाधिकारीहरु रामहरी गैरे (३३०३१२७०), मोहन कार्कि(३०४५३३०१), राजु डुम्रे (५५८४१५४७), नन्द ढुंगाना (६६९०४२०९), अमित गौतम (३१२००९९९) पुष्प लम्साल (५०३७८१७७) संगसम्पर्क गर्न सकिने बताईएको छ।

रक्तदान के हो? यो किन आवास्यक रक्तदानका फाईदा के छन?

आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् ब्लड बैंकहरुले पनि आवश्यक मात्रामासेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा विश्वभरी नै बेलाबेलामारगतको संकट परेको देखिन्छ रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगैकार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसारपोसार गर्छ रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउतिगर्न, श्वेत रक्तकणले रोगसँग लड्न प्लेटलेट्सले रगत जमाउने काम गर्छ।

रक्तदान जीवनदान रक्तदान महादानयि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरैभूमिका पनि खेलेका होलान् तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पुर्याउनुपर्छ स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८वर्ष पूरा भई ६० वर्ष ननाघेको कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआईभी एड्स नलागेकोव्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् गर्भवती महिनावारीको समयमा सुत्केरी भएको महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन

अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटुमस्तिष्क लगायतको शल्यक्रिया दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया रक्त अल्पताजस्तासमस्यामा तारन्तार रगत चाहिरहन्छ यस्तोमा हाम्रो एक सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्छ कतिपयले रक्तदानगर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल महिलाको शरीरमा प्रतिकेजी ६६एमएल रगत हुन्छ तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो त्यसकारण पुरुष महिलाको शरीरमाप्रतिकेजी क्रमश २६ १६ एमएलका दरले रगत बढी हुन्छ यही बढी भएको रगतमात्रै दान गर्ने हो

रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणितगरेको रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ यसरी रक्तदान गर्नु सबैभन्दाठूलो आत्मसन्तुष्टि हो यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ परिवारको कोही सदस्यको निधनलाई केहीहदसम्म दुर लैजान सक्छ रक्तदान एउटा दान मात्र होइन, यो आफू आफ्ना परिवार आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो

देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन रक्तदान गर्दा कमजोर भइन्छ भन्नेभ्रम हटाऔं रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं रक्तदान जीवनदान हो मन्दिरमागएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो हामीलेशरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किननगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् कुनै बेलाहामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं अरुको अमूल्य जीवन बचाऔं

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच